arrow

पार्टी फुटेपछि राप्रपाका नेता कार्यकर्ता संगठित हुँदै, अधिवेशन भदौमा

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
kamal-thapa-new.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सातै प्रदेशमा संगठन समायोजन गर्ने उद्देश्यले आगामी भदौमा प्रदेश अधिवेशन गर्ने भएको छ । 

संविधानअनुसार नयाँ संरचनामा पार्टी संगठनलाई सुदृढ बनाउन सातै प्रदेशमा नयाँ नेतृत्व प्रदान गर्न अधिवेशन गर्न लागिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । 

तत्कालीन राप्रपा–नेपाल राप्रपासँग एकीकरण भएपछि चाँडो सो अधिवेशन गर्ने भनिएको भएपनि आन्तरिक द्वन्द्वका कारण अहिलेसम्म हुन सकेको थिएन । 

प्रदेशको अधिवेशनपछि देशका ७४४ स्थानीय तहमा पार्टीले सांगठनिक संरचना तयार गर्ने र विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्नेछ । 

प्रत्येक प्रदेशमा अध्यक्षको नेतृत्वमा नौजना रहेको परिषद् गठन गरिनेछ । प्रदेशमा ६० प्रतिशत निर्वाचनबाट प्रतिनिधि छनोट गरिनेछ भने ४० प्रतिशत अध्यक्षले मनोनयन गर्ने गरी गृहकार्य भइरहेको छ । 

सो अधिवेशनका लागि तिथि भने अझै निश्चित भइसकेको छैन । 

पार्टीले स्थानीय तहको दुईवटा निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि नयाँ रणनीति बनाएर आगामी स्थानीय तह तथा प्रादेशिक र केन्द्रीय चुनावमा प्रतिस्पर्धा गर्ने जनाएको छ । 

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहमा धेरै स्थानमा सफलता प्राप्त गर्न शीर्ष नेतृत्व त्यसतर्फ केन्द्रित गरिनेछ । 

पार्टीले स्थानीय तहमा अन्य दलको अवस्था मूल्यांकन गरी तालमेलसमेत गर्ने जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ