arrow

फिफा वरियतामा नेपालको एक स्थान सुधार

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
fifas.JPG

काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि छ । एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ । भारत ९७ औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स १४३ औैँ स्थानमा यथावत् छ भने एक स्थान तल झरेको भुटान १६५औं स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश १८९ औँ स्थान, श्रीलंका १९७ ‍औँ तथा पाकिस्तान २०० औँ स्थानमा यथावत् छन् ।

ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियतामा पहिलो स्थानमा उक्लिएको छ । जर्मनी दोस्रोमा झरेको छ । त्यस्तै अर्जेन्टिना तेस्रो, स्वीट्जरल्याण्ड एक स्थान सुधार गर्दै चौथो तथा एक स्थान नै सुधार गर्दै पोल्याण्ड पाँचौँ स्थानमा उक्लेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ