- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा भारतीय दूतावासमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका छन् । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको उपस्थितीमा दूतावासमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन देउवा दूतावास पुगेका हुन् ।
भारतीय स्वतन्त्रता दिवसको ७० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपाल र भारतबीचको सहकार्यमा भएका कामहरुको संक्षिप्त भिडियो प्रदर्शनी प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपालका ५ सय भन्दा बढी उच्च नेताहरु समेत सहभागी भएको भारतीय दूतावासले दाबी गरेको छ ।
विमस्टेक बैठकमा सहभागी हुन नेपाल आएकी विदेशमन्त्री स्वराजले नेपाल आएपछि विहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायत उच्च नेताहरुसँग भेट गरिसकेकी छिन् ।