arrow

प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा प्रमुखहरुको बैठक : उद्धार र राहतलाई तीब्रता दिन निर्देशन

logo
प्रकाशित २०७४ साउन २८ शनिबार
Baluwatar_PM_Residence.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको कामलाई तीब्रता दिन फेरि निर्देशन दिएका छन् । शनिबार साँझ बसेको प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायको प्रमुखहरुको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृह मन्त्री, रक्षा मन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायत उपस्थित थिए । प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर डुवानमा परेका क्षेत्रमा तत्काल उद्दार कार्य तदारुकताका साथ अघि बढाउन आफै उपस्थित हुन निर्देशन दिए ।  ‘बाढीले तराईमा ठूलो धनजनको क्षति पुगेको छ’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने,  ‘तपाईंहरु अब काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्कता उपनाउन पनि निर्देशन दिएका छन् । प्रधानमन्त्रीले बाढी पीडितहरुको उद्दार, राहत र स्थानान्तरणमा सरकारले जुनसुकैसहयोग गर्न तयार रहेको बताउँदै तत्काल उद्दारमा खटिन चार वटै सुरक्षा निकायलाई, नागरिक समाजलाईसमेत अपिल गरेर अघि बढ्न पनि निर्देशन दिए ।

वर्षाले निम्त्याएको बाढी र पहिरोको विनासले देशका विभिन्न जिल्लामा ३२ मृत्यु भइसकेको छ ।  गृहमन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी मृत्यु भएको छ । १२ जना अझै हराइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ