- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसले पार्टीबाट व्यवस्थापिका संसद्मा सदस्य रहेका सबै काँग्रेसी सांसद्हरुको एक महिनाको तलव बाढी पीडितलाई दिने निर्णय गरेको छ । आईतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो निर्णय गरिएको काँग्रेसले जनाएको छ ।
बैठकले बाढीपीडितको उद्दार तथा राहतको काम यथाशक्य चाँडो पु¥याउन पनि उनीहरूले सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । आफ्ना बिाढी प्रभावित क्षेत्रमा पर्ने स्थानीय तहमा रहेका सबै नेता तथा कार्यकर्ताहरुलाई अनिवार्य रुपमा उद्दार कार्यमा लाग्न निर्देशन पनि दिएको छ । झण्डै तीनदिनदेखि देशका तराईभेगमा पर्ने विभिन्न जिल्लाहरुमा बाढीले डुवान गरेपछि काँग्रेसले सोमबार आकस्मिक कार्य सम्पादन समितिको बैठक डाकेको छ ।