arrow

बाढी पीडितमाझ जाँदै एमाले, कुन संगठनलाई कहाँ खटाइयो ?

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । लगातारको वर्षाले तराई–मधेसका बाढी र डुवानले निम्त्याएको विपदपछि एमालेले उद्धार र राहतका लागि स्वयंसेवक परिचालन गर्ने निर्ण गरेको छ । एमाले सम्बद्ध जनसंगठनहरुको नेतृत्व र समन्वय गर्ने, मोर्चा संगठनको आइतबार बसेको बैठकले कार्यविभाजनसहित जिम्मेवारी फाँडफाँट गरेको हो ।

एमालेले समयमै कोसीका बाँधका ढोकाहरु नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको परिस्थितिमा तुरुन्तै कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । साथै एमालेले राज्यको सम्पूर्ण शक्ति पीडितहरूको उद्धार, राहत तथा पुनःव्यवस्थापनमा लगाउन सरकारसमक्ष माग समेत गरेको छ ।

मोर्चा संगठनका प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षता बसेको बैठकले वर्षाका कारण देशका विभिन्न भागहरुमा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ ।

विभिन्न जिल्लाहरुमा राहत र उद्धारको काममा समन्वय गर्न विभिन्न संगठनहरुलाई जिल्लानै तोकेर जिम्मेवारी दिइएको छ ।
सप्तरी – युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन
सिरहा – अनेरास्ववियु
धनुषा – अखिल नेपाल महिला संघ
महोत्तरी – लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
सर्लाही – अखिल नेपाल किसान महासंघ
रौतहट – नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस
बारा – खेलकूद महासंघ
पर्सा – नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)
झापा – जनसाँस्कृति महासंघ र मुक्ति समाज
मोरङ – पेसागत महासंघ, नेपाल
सुनसरी – उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन
बर्दिया – भूपू सैनिक संगठन
बाँके – मानवअधिकार एलान्यस
कपिलवस्तु - मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघ
बैठकले यी विभिन्न जिल्लामा एमालेको जिल्ला कमिटीहरु, जनसंगठनका स्थानीय कमिटीहरु, रेडक्रसलगायतका विभिन्न सामाजिक संघ, संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतसँग समन्वय गरी तत्कालै उद्धार र राहत कार्यमा जुट्न पार्टीका सम्पूर्ण जनसंगठन र सदस्यहरुलाई निर्देशन गरेको छ ।

यस्तै, बैठकले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि २०७४ भदौ १० गते काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण मोर्चा संगठनका सदस्यहरुको बृहत भेला गर्ने र २०७४ भदौ १३ गते धनुषाको जनकपुरमा प्रदेश नम्बर २ स्तरीयको मोर्चा संगठनहरुको बृहत भेला आयोजना गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ