arrow

पहिरोले खानेपानीको मुहान बगाएपछि पानीको हाहाकार मच्चियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन ३० सोमबार
panchtarbadi.jpg

पाँचथर । निरन्तरको अविरल बर्षातको कारण फालेलुङ,र हिलिहाङ गाँउपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा हाहाकार भएको छ । पहिरोले हिलिहाङ गाउँपालिका वडा नम्बर ३, ४,५,६ का अधिकांशका खानेपानीका मुहानहरु बगाएपछि अहिले खानेपानीको हाहाकार मच्चिएको हो ।

स्थानिय बालकृष्ण ओझाका अनुसार मुक्तुरा,खाङग्रे खोल्सी,हस्तपुर,डुडेखोला,साम्रेखोल्सी,टुवाखोल्सी,देवीथान,महभिर,अधेँरी खोला,अमले खोल्सी,गुहेखोल्सीहरु थापिएका मुहानहरु अधिकांश ट्ंयाकी,तथा विच्छ्याइएका पाइप तथा मुहानहरु बगाएको हो । अहिले आकाशे पानीको भर पर्नु पर्ने स्थानियहरु वताउँछन् । खानेपानीको मुहानहरुको संरक्षण गरिदिन,टुटफुट भएका,बगाएका पाइपहरु ब्यवस्थापन गरिदिन गाउँपालिकालाई उनीहरुले आग्रह गरेका छन् ।

फालेलुङ ३ माङ्लेबु र खोलाघारीमा सञ्चालित दुई वटा खानेपानी आयोजनाको मुहान बगाँउदा त्यस भेगका एक सय ८३ घरपरिवारमा खानेपानीको समस्या भएको हो ।

फालेलुङ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष बीरविक्रम थाम्सुहाङका अनुसार गोर्खा वेलफेर स्किमले डेढ बर्ष अघि निर्माण गरेको माङ्लेबुङ खानेपानी आयोजना र दुई बर्ष अघि निर्माण गरिएको खोलाघारी खानेपानी आयोजना शुक्रबार विहानको पहिरोले बगाएको हो । माङ्लेबुङ खानेपानी आयोजनाको तीन स्थानबाट मुहान थापिएको छ । तीन वटै स्थानको मुहान पहिरोले बगाएको हो ।

पहिरोले मुहान बगाँउदा गलथले मुहानको पानी उपभोग गर्ने ४२ घर, जुँगेडाँडा मुहानको पानी उपभोग गर्ने २२ घर र साक्सिङबोटे मुहानको पानी उपभोग गर्ने १९ घरपरिवारमा खानेपानीको समस्या भएको हो । त्यस्तै खोलाघारी खानेपानी आयोजनाको पानी उपभोग गर्दै आएका एक सय घरले खानेपानीको अभाव झेल्नुपरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ