arrow

नेपालमा पनि मनार्इयो पाकिस्तानको स्वतन्त्रता दिवस

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
nepal_pakistan.jpg

काठमाडौं । पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरिएको छ । झण्डोत्तलन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत मजर जावेदले आतंकवादविरुद्ध लड्दै आर्थिक विकासको बाटोमा पाकिस्तान अगाडि बढिरहेको बताए । 

उनले नेपाल–पाकिस्तानबीचको मैत्री सम्बन्ध आगामी दिनमा अझ फराकिलो बन्दै जाने विश्वास व्यक्त गर्दै हालै नेपालको विभिन्न भू–भागमा बाढी पहिरोबाट जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरे। 

स्वतन्त्रता दिवसका अवसरमा पाकिस्तानका राष्ट्रपति ममनुन हुसैन तथा प्रधानमन्त्री सहिद खाक्वान अब्बासीले दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । सन्देशमा उनीहरुले पाकिस्तान छिमेकी मुलुकहरुसँग सकारात्मक र रचनात्मक सम्बन्ध विस्तार गर्न, आतंकवादको विरुद्धमा लड्न तथा प्रजातान्त्रिक अभ्यासलाई सबलीकरण गर्दै मुलुकको सम्बृद्धिमा लाग्ने बताए। 

समारोहमा दूतावासका वरिष्ठ कर्मचारी एवं काठमाडौँमा बसोबास गरी विभिन्न पेशा व्यवसायमा संलग्न पाकिस्तानी नागरिकको उपस्थिति रहेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ