arrow

जलमग्न सिराहामा पानीको निकाश खोज्न थालियो, खानेपानीको समस्या कायमै

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
badhi-_duban.jpg

काठमाडौं । चारदिन अघिदेखि निरन्तर परेको पानीका कारण जलमग्न बनेको २ नं प्रदेशको सिराहाका विभिन्न शहरहरुमा जमेको पानीको निकाश खोज्न थालिएको छ । निकाश नभएकोले हिजो रातीदेखि पानी नपरेको भएपनि सिराहाको सिराहा नगरपालिका, लहान नगरपालिका लगायतका शहरी भेगहरु अझैपनि डुवानमा परेका छन् । 

यसरी पानी रोकिएपछि पनि पानी निकाश नभएपछि स्थानीय नगरपालिकाको सहयोगमा अहिले निकाश खोल्ने काम भईरहेको छ । नगरपालिकाका सबै आवश्यक सामानहरु सहित सबै स्थानीयले आफ्नो घरमा रहेको सामान बोकेर निकाशको लागि नहर खन्न आएका छन् । 

अहिले सिराहाका नगरपालिकाहरुमा विद्युत सेवा सूचारु भईसकेको छ । केही केही ठाउँमा भने बाढीका कारण विजुलीको खम्बा ढलेकोले विद्युत सेवा उपलब्ध हुन सकेको छैन । 
उता, सिराहाको अधिकांश ठाउँहरुमा पानीको हाहाकार देखिएको छ । राजमार्गभन्दा उत्तर तर्फ सबै घरपरिवारहरु कलको पानीमा आश्रित रहने गरेकोमा कलको पानी खोज्न नसकेकोले पानी पनि सापटी लिएर चलाउनु परिररहेको स्थानीय बताउँछन् । 

कतैकाले अहिले पानी केही सुकेको ठाउँबाट पानी ल्याउने त कसैले अरुको घरबाट पानी मागेर खाने गरिरहेका छन् । अहिले आईतबार रातीदेखि पानी परिरहेको छैन । त्यसैले पनि जनजीवन पहिलेको भन्दा विग्रीएको नभएपनि अझै ५ फिट जति पानी जमिरहेकोले जनजीवन भने कष्टकर बनिरहेको छ । 
 



लोकप्रिय समाचार
नयाँ