arrow

आज के-केमा व्यस्त हुँदैछन् चिनियाँ उपप्रधानमन्त्री? 

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
china-1.jpg

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले मंगलबार विहान चिनियाँ लगानीमा बनेको वसन्तपुर दरबार क्षेत्रको नौतले दरबार पुनर्निर्माणको शिलान्यास गरे। उनको साथमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि संयुक्त रुपमा शिलान्यास गरेका थिए। त्यो शिलान्यास सकेसँगै वाङ आफ्ना समकक्षीलाई भेट्न पुगेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दिएको जानकारी अनुसार ११ बजे समकक्षी उपप्रधान तथा संघीयमामला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी उनी गच्छदारले आयोजना गरेको दिवा भोजमा संलग्न हुनेछन्। सोही क्रममा दुई पक्षीय सम्झौतापत्रहरुमा समेत सम्झौता हुने संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। 

त्यहाँको दिवा भोज सकेर वाङले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए। त्यसपछिको आजको कार्यक्रमबारे भने परराष्ट्र मन्त्रालय जानकार नरहेको उनले बताए। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ