- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चिकित्सा क्षेत्रमा चौतर्फी सुधारको माग गरी २३ दिनदेखि आमरण अनशनमा बसेका डा। गोविन्द केसीको समर्थनमा जुलुसमा गएको उनका समर्थकहरुको टोलीलाई प्रहरीले धरपकड गरेको छ । प्रहरीले उनीहरुलाई निषेधित क्षेत्रभित्र जान रोकेको थियो ।
नयाँ वानेश्वर स्थित एभरेस्ट होटल अगाडि पुगेको टोलीलाई प्रहरीले अगाडि जान रोकेको थियो । तर प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेपछि उनीहरुलाई रोक्ने प्रयास गरेको प्रहरीले जनाएको छ । धरपकडमा कोही पनि घाईते नभएको प्रहरीले जनाएको छ ।