arrow

काँग्रेसको भ्रातृ संस्था किसान संघ तात्यो, राहत तथा उद्धारमा जुटन आव्हान

कृषि र पशुपंक्षी विकास मन्त्रालयको ध्यानाकर्षण

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
Congres-FNL.jpg1.jpeg

काठमाडौ । सत्तारुढ काँग्रेसको भ्रातृ संगठन नेपाल किसान संघले बाढीले तराई मधेश क्षेत्रमा गरेको उपद्रोले कृषि क्षेत्रमा अरबौँको क्षति भएको भन्दै आम किसानका लागि तत्काल राहत तथा उद्धार कार्यमा खट्न आह्वान गरेको छ ।
 
संघले कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ । बाढीले कृषि क्षेत्रमा अरबौँको सम्पत्ति तहसनहस भएकाले संघले कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयलाई दबाब दिएको हो ।

नेपाल किसान संघले प्रेस विज्ञप्ति जारी गरेर तराई मधेश क्षेत्रमा मृत्युवरण गर्ने अधिकांश गाउँले किसानहरुमाथि आइ लागेको संकटमा नेपाल किसान संघका स्थानीय कार्यकर्ताहरुलाई तत्काल सक्दो राहत तथा उद्धार कार्यमा जुटन आव्हान गरेको छ ।

बाढीले तराईको ८० प्रतिशत भन्दा बढी धान खेत डुबानमा परेको, करोडौको खाद्यन्न नष्ट भएको, तरकारी बाली लगायतका पशुपंक्षीहरु समेत हताहत भई अरबौँको सम्पती नोक्सान भएकाले कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालय लगायत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, संघका सभापति भानु सिग्देले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा बाढीग्रस्त क्षेत्रमा तत्काल चाहिने राहत तथा उद्धारका लागि कृषि विकास मन्त्रालय र पशुपंक्षी किवास मनत्रालयको सबै संयन्त्र र राज्य शक्ति परिचालन गरी किसानहरुलाई तत्काल राहतको अनुभूति हुने गरि व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

जारी विज्ञप्तिमा बाढीले तराई मधेश क्षेत्रमा गरेको उपद्रोले हताहत भएका सर्वसाधारणप्रति नेपाल किसान संघ सम्वेदना र, राष्ट्रिय विपदमा धर्यधारण गर्न भन्दै मृतकका परिवारलाई सहानुभुति प्रकट गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ