arrow

भदौ १ गतेभित्रै प्रतिनिधिसभा निर्वाचन तोक्न आयोगको आग्रह, शीर्ष नेतासंग छलफल हुँदै

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
election-commission.jpg.jpeg

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयोगका पदाधिकारीले आगामी मंसिर पहिलो हप्तामा प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गरेका छन् । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्तहरु आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आगामी मंसिर पहिलो हप्तामा निर्वाचन गर्ने गरी भदौ १ गतेभित्रै प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 

निर्वाचनको लागि आवश्यक पर्ने कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई प्राप्त हुनुपर्नेमा पनि उनीहरुले प्रधानमन्त्री देउवालाई पुनः स्मरण गराएका थिए । 

सो अवसरमा प्रधानमन्त्री देउवाले बुधबार मुख्य तीन दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति गर्ने र सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ