arrow

युइएफए वर्ष खेलाडीका लागि रोनाल्डो, मेस्सी र बुफोनबीच अन्तिम भिडन्त

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
ronaldo1.jpg

काठमाडौं । युइएफए वर्ष फुटबल खेलाडीका लागि क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र जियानलुइजी बुफोनबीच अन्तिम भिडन्त हुने भएको छ । 

मनोनयनमा परेका १० खेलाडी मध्येबाट पोर्चुगल तथा रियाल मड्रिडका स्ट्राइकर रोनाल्डो, अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर मेस्सी तथा इटाली र युभेन्टसका गोलरक्षक बुफोन अन्तिम तीनमा परेका हुन् । 

मनोनयनमा परेका १० खेलाडीबाट ८० जना प्रशिक्षक तथा ५५ जना खेल पत्रकारको मतका आधारमा उनीहर अन्तिम तीनमा परेका हुन् ।

मेस्सी र रोनाल्डो दुवैले यसअघि दुई पटक यो अवार्ड जितेका छन् भने रोनाल्डो गएको वर्षका विजेता हुन् ।

तीन खेलाडी मध्येबाट एक जनालाई आउँदो अगस्ट २४ मा मोनाकोमा हुने विशेष कार्यक्रममा अवार्ड प्रदान गरिने छ । 

बुफोन अन्तिम तीनमा पर्ने दोस्रो गोलकिपर हुन् । 
Barcelona icon Lionel Messi is also in contention for the award, which he won in 2011 and 2015

Ronaldo is joined in the final three by legendary Juventus and Italy goalkeeper Gianluigi Buffon



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ