arrow

बिहीबारदेखि आचारसंहिता लाग्ने, क-कसलाई लाग्छ ?  

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि लागू हुनेगरी आचारसंहिता सुरु गरेको छ । असोज २ गते २ नं प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा हुन गईरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको मिति साउन २९ गतेको बैठकले यस्तो निर्णय गरेको हो । 

निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी तर्जुमा गरेको निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ देहायका व्यक्ति÷संस्था वा पदाधिकारीलाई देहायको मिति देखि लागू हुने निर्णय गरेको हो ।

आचारसंहिता लाग्ने व्यक्ति तथा निकायहरु
- नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
- स्थानीय निकाय÷तह,
- स्थानीय निकाय÷तहका कर्मचारी,
- सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
- सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
- नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मी,
- निर्वाचनको काममा संलग्न कर्मचारी,
- राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
- सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
- निजी तथा गैरसरकारी संस्था,
- सार्वजनिक पद धारण गरेको व्यक्ति ।

उता, उम्मेदवारको हकमा उम्मेदवारले मनोनयन दर्ता गर्ने मिति अर्थात भदौ २१ गते देखि निर्वाचन आचारसंहिता लागू हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ