arrow

बाबुरामले सह–संयोजकलाई जिम्मेवारीबाट हटाइदिए

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
ramchandra_jha.jpg

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले दुई जना नेतालाई जिम्मेवारीबाट निलम्बन गरेको छ । सह–संयोजक रामचन्द्र झा र संघीय मामिला तथा व्यवस्थापन विभागका संयोजक रामकुमार शर्मा निलम्बनमा परेका हुन् ।

झा र शर्मालाई नयाँ शक्तिको संघीय परिषद सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरिएको कार्यालय संयोजक गंगा श्रेष्ठले बताएका छन् । झा र शर्माले पुरानै पार्टी माओवादी केन्द्रमा फर्किने घोषणा गरेपछि जिम्मेवारीबाट मुक्त गरिएको हो ।
नयाँ शक्तिले दुबैलाई जिम्मेवारीबाट मुक्त गरिएको पत्र पठाएको छ । झा र शर्मालाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । तर, दुबैले स्पष्टीकरण बुझाएनन् ।

जनकपुरमा यसै साता एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई पार्टी प्रवेश गराउने माओवादी केन्द्रको तयारी छ ।
अर्का सह–सयोजक देवेन्द्र पौडेलसहितका १५ नेताले समेत नयाँ शक्तिभित्र असन्तुष्टि पोखेका छन् । उनीहरुसँग समेत नयाँ शक्तिले साउन २७ गते स्ष्टीकरण मागेको थियो । ती नेताले भने स्पष्टीकरण बुझाइसकेका छन् ।

पौडेलसहितका नेताले मुद्दा मिल्ने शक्तिसँग धुव्रीकरण गरिनु पर्नेमा जोड दिएका छन् । उनीहरु नयाँ शक्तिमा रहने वा माओवादीसँग एकता गर्ने भन्ने अन्तिम निर्णय आएको छैन । यद्यपि, केही दिन पहिले पौडेल पक्षधर नेताहरुले माओवादी केन्द्रसँग ध्रवीकरण गर्ने आफुहरुको चाहाना रहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ