arrow

ओलीले देउवालाई तर्साए– यो बेला संविधान संशोधन विधेयक किन चाहियो ?

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
uml-pm_deuba.JPG

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान संशोधन विधेयक किन अघि बढाउने ? भनि प्रश् गरेका छन् ।  व्यवस्थापिका संसदको बैठकमा वुधाबारै पेश गर्ने तयारी गरिएको संविधान संशोधन विधेयक रोकेर प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष  ओलीलाई मनाउने कसरत गरेकोमा ओलीले उल्टै तर्साएका हुन् ।

वुधबार ओली एमालेका अन्य नेताहरुसहित बाढीपहिरो र डुबानको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउन बालुवाटार पुगे । ओली बालुवाटार पुगेको मौका छोपेर प्रधानमन्त्री देउवाले संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्नलाई  सहयोगको आग्रह गरे । ओलीले भने निर्वाचनअघि संशोधन विधेयक किन अघि बढाउने भने ?

प्रधानमन्त्री देउवाले फेरि भने, ‘जे भए हुन्छ, भोटिङबाट भए पनि छिनोफानो गरौं । भोटिङ गरेर छिनोफानो गरौं ।’ तर, ओलीले संशोधन विधेयक होइन, बाढीपहिरोपीडितको उद्धारमा सबै मिलेर जान सकिने भन्दै प्रसंग नै मोडिदिए । ओलीले राहत तथा उद्धार कार्यमा सरकारको प्रयास पूर्ण नभएको भन्दै सबै मिलेर राहतमा जुट्न अनुरोध गरे ।

ओलीले प्रधानमन्त्रीलाई एमाले राहत वितरणमा सहयोग गर्न तयार रहेको जानकारी गराएको भेटमा सहभागी एमाल प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।

एमालेले बाढीपहिरो पीडितलाई सरकारले १५ हजार दिने निर्णयको विरोध गरेको छ । पीडितलाई कम्तीमा एक लाख रुपैयाँ दिन एमालेले प्रधानमन्त्रीसँग प्रस्ताव गरेको गरेको छ ।

एमालेले स्थानीय तहको तेस्रो चरण र प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन  तयारी गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । ओली नेतृत्वको एमाले प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

पाँच बुँदे ज्ञापनपत्रमा एमालेले तत्काल क्षतिको विवरण संकलन गर्न, बाढी पहिरो प्रभावित क्षेत्रलाई समस्याग्रस्त क्षेत्र घोषणा गर्न र उचित राहत उपलब्ध गराउन माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ