arrow

कानूनमन्त्री भन्छन्–भदौ ५ गते संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्छौं

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
yaga-badur-thapa.jpg

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संसदमा निर्णयार्थ पेश गर्ने तयारीमा रहेको संविधान संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी दल एमालेबिना पारित हुने सम्भावना नरहेको प्रस्ट्याएका छन् ।

विहिबार रिपोटर्स क्लबको साक्षात्कारमा मन्त्री थापाले एमालेबिना संशोधन प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने बताए । उनले भने, ‘संशोधन प्रस्ताव भदौ ५ गते निर्णयार्थ पेश हुँदैछ, एमालेको समर्थनविना संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने अवस्था छैन, त्यसैले एमालेले सहयोग र समर्थन गरेन भने प्रस्ताव पारित हुने संभावना छैन ।’

उनले भने,‘संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्छ कि पुग्दैन भनेर मसिनो गरी होमवर्क गर्दा पनि प्रस्तावको पक्षमा अहिले दुई तिहाई पुग्ने अवस्था देखिएको छैन, त्यसैले एमालेले पनि अब यो प्रस्ताव पारित गराउन सहयोग गर्नुपर्छ ।’

मन्त्री थापाले एमाले अहिले मुलुकको पहिलो पार्टी बन्ने लक्ष्यमा रहेकोले यो लक्ष्य हाँसिल गर्नको लागि पनि उसले असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई मध्येनजर गरेर संसदमा रहेको प्रस्तावलाई पारित गराउन सहयोग गर्नुपर्ने बताए ।

मन्त्री थापाले अहिले सदनमा छलफलका क्रममा रहेको संशोधन प्रस्ताव राष्ट्रिय हित विपरीत नभएको समेत जिकिर गरे । मन्त्री थापाले, ‘एमालेले अहिले दम्भ नदेखाए हुन्छ, अहिले यो एमालेको परीक्षणको घडी हो, उ पनि अहिले परीक्षा दिने घडीमा उभिएको छ, पास हुने वा फेल हुने उसको कुरा हो ।’

मन्त्री थापाले सरकारले संशोधन प्रस्ताव पारित गराउनको लागि ईमानदार प्रयत्न गर्ने समेत विश्वास दिलाए । उनले भने, ‘सरकारमात्रै नभएर सबै दलहरुले राष्ट्रिय बोधका साथ पारित गराउन लाग्नुपर्छ ।’

संवैधानिक हिसाबले पनि संशोधन प्रस्तावको कन्टेन्टमा भदौ ४ गतेदेखि दफाबार छलफल हुने भएकोले अहिले नै प्रस्तावको बारेमा कमेन्ट गरिहाल्नु उचित नहुने मन्त्री थापाको भनाई थियो । मन्त्री थापाले भने, मधेश पनि नेपाल नै हो, मधेश पनि देशकै अंग हो ।’ उनले संशोधन प्रस्ताव पारित नभएपनि राजपा चुनावमा जाने विश्वास दिलाए ।

संविधानलाई सर्वस्विकार्यता बनाउन एमालेले प्रस्तावको पक्षमा मत हाल्नेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाई थियो । उनले थपे, ‘हुन त अहिले एमालेको पछिल्लो रबैया हेर्दा स्थिति गाहा«े छ, तर परिस्थितिको चाप र दबाब धान्न एमालेलाई गाह्राे छ ।’

चुनावको माहोल बनाउनको लागि संशोधन प्रस्ताव पारित गराएर जानुको विकल्प नभएको उनले स्पष्ट पारे । ‘प्रस्ताव पारित गराउनको लागि पार्टीले ह्विप जारी गरिसकेको छ, त्यसैले प्रस्ताव पारित हुने मैले संभावना देख्छु’ मन्त्री थपाले थपे । मन्त्री थापाले प्रदेश नम्बर २ मा हुने असोज २ गतेको निर्वाचनमा समेत आफ्नो पार्टी पहिलो बन्ने विश्वास दिलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ