arrow

राहत कोषमा राप्रपाको पाँंच लाख

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
RPP-N111.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाढी, पहिरो र डुबानमा परेका पीडितको सहायतार्थ प्रधानमन्त्री राहत कोषमा पाँंच लाख सहयोग गर्ने भएको छ ।

पार्टी प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा प्राकृतिक प्रकोपमा परी मृत्यु भएकाका परिवारलाई जनही पाँच लाख आर्थिक सहयोग उपलब्ध गराउन, घाइतेको निःशुल्क उपचार व्यवस्था गर्न तथा विस्थापित परिवारलाई घर बनाउन तीन लाख र थप सहुलियत ऋण प्रदान गर्न आग्रह गरिएको छ ।

भारतीय क्षेत्रमा बनाइएको तटबन्धका कारण प्रत्येक वर्ष सीमा क्षेत्रका धेरै गाउँ बस्ती डुबानमा पर्ने अवस्थाको अन्त्यका लागि प्रधानमन्त्रीको आगामी भारत भ्रमणका क्रममा सो विषयलाई उच्च प्राथमिकतामा राख्न माग गरिएको छ । पार्टीले मुलुकका विभिन्न भूभागमा आइरहेको प्राकृतिक प्रकोप तथा बाडी, पहिरोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि सम्बन्धित जिल्लाका कार्य समितिलाई निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ