arrow

चीनसँग ठोस प्रस्ताव राख्न चुक्यो नेपाल

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
nepal-china-flag.jpeg

काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमण पूरा गरी बिहीबार फर्केका छन् । यो पछिल्लो ६ वर्षमा चीनबाट नेपालमा भएको उच्चस्तरीय भ्रमण हो । 

तत्कालीन चिनियाँ प्रधानमन्त्रीले सन् २०१२ जनवरीमा संक्षिप्त भ्रमण गरेयता उच्च तहको भ्रमण हुन सकेको थिएन । चीनबाट भएको उच्च तहको भ्रमणलाई सरकारले महत्व दिए पनि तत्काल हेर्दा नेपाललाई उपलब्धि भने शून्यप्रायः देखिएको छ ।

वाङको भ्रमणअघि सरकारका तर्फबाट पर्याप्त तयारी नहुँदा के एजेन्डा पेस गर्ने भन्नेमा अन्योल देखिएका कारण पुरानै विषयले प्रवेश पाए । 

तर, सहमतिमा पुग्ने गरी कुनै ुब्रेक थ्रुु हुन सकेन । सीमापार रेल र सडक विस्तारजस्ता कनेक्टिभिटीका प्रमुख विषयमा नेपालले कुनै प्रस्ताव चीनसँग राख्न सकेन । नेपाल र चीनबीच आर्थिक सहकार्यका दीर्घकालीन मुद्दामा ऐतिहासिक सहमति र सम्झौता गर्ने अवसर नेपालले चुकाएको चीनका लागि पूर्वनेपाली राजदूत महेश मास्के बताउँछन् ।


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा हस्ताक्षरित ऐतिहासिक पारवहन सम्झौताको प्रोटोकल टुंग्याउने अवसरसमेत नेपालले यस भ्रमणमा मिस गर्‍र्‍यो । स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले प्रोटोकलको मस्यौदामा अघिल्लो साता मात्र चीनलाई जवाफ लेखेको थियो । 

चिनियाँ पक्षले उक्त मस्यौदा अध्ययन गर्ने समय नै पाएन र नेपाल भ्रमणका क्रममा त्यसबारे चाँडै टुंग्याउने मौखिक सहमति मात्र हुन सक्यो । 

नेपालले कुन चिनियाँ बन्दगाहबाट तेस्रो मुलुक व्यापार गर्न पाउने भन्ने विषय यही प्रोटोकलले तय गर्नेछ । नेपाल र चीनबीच पारवहन प्रोटोकलका विषयमा एकपटक तिब्बतको ल्हासामा वार्ता भए पनि अर्को बैठक नेपालमा गर्ने भनियो । तर, त्यो बैठक अझै आयोजना हुन सकेको छैन । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ