arrow

सेनाको हेलिकोप्टरले राहत लैजाने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

हिमपातले भूकम्पपीडितलाई थप कष्ट

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
singh-durbar-pm-office1.jpg.jpeg.jpeg
काठमाडौं । भूकम्पीडित हिमाली क्षेत्रमा हिमपात भएपछि प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले हिमपातपछी समस्यामा परेका भूकम्प पीडित जिल्लामा सेनोको  हेलिकोप्टरबाट राहत तथा उद्धार सामग्री पठाउने निर्णय गरेको छ । हिमपात भएका क्षेत्रमा तत्काल सरकारी टोली परिचालन हुने भएको छ ।
 
बैठकपछि सेनाले गोरखामा आइतबार (आजै) राहत लाने भएको छ । मौसम परिवर्तनसंगै गोरखाको बारपाक, लाप्राक, गुम्दा, करौँजा उहिया र सिर्दिबास सहित उत्तरी क्षेत्रका ७ बढी गाविसमा शुक्रबारबाटै हिमपात भएको छ । हिमपाले अस्थाई शिविर तथा टहरामा बसिरहेका पूकम्पपीडितको दैनिकी चौपट भएको छ । 
 
वर्षासंगै परेको हिमपातले गुप्सीपाखामा मात्रै  ६ सय पीडित परिवार समस्यामा परेका छन् । उनीहरुले आगो तापेर रात विताईरहेका बताइन्छ । गोरखा मात्र नभई हिमाली जिल्लामा हिमपात सुरु भएको छ । वैशाख १२ को शक्तिशाली भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको उच्च भेकका स्थानीयको पुनःबासको व्यववस्था हुन नसक्दा उनीहरु थप मारमा परेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ