arrow

बाढीपीडितको सहयोगको लागि साँस्कृतिक कार्यक्रम

logo
चेतन रेग्मी,
प्रकाशित २०७४ भदौ २ शुक्रबार
tulsipur_progrem.jpg

तुल्सीपुर । दाङका बाढीपीडितहरुको सहयोगको लागि अरनीको मैदान तुल्सीपुरमा शुक्रबारदेखि बृहत सांकृतिक कार्यक्रम शुरु भएको छ । डीएल डान्स एकाडेमीका सञ्चालक द्रोण केसीको अध्यक्षता तथा तुल्सीपुर उपमाहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवं नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा जारी कार्यक्रममा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरु आ(आफनो प्रतिभा प्रस्तुत गरिरहेका छन् । 

कार्यक्रममा गायकहरु तिलक वली, दुर्गेस थापा, पुस्कल शर्मा, भुमिका गिरी, कलाकारहरु ध्रुब कमेडी, लोसिना लामिछाने, संगीत थापा, मनीषा रोका,नवराज जीएम लगाएतका दर्जनौ कलाकारहरुको प्रस्तुती रहने बताइएकोछ । सो अवसरमा बोल्दै प्रमुख अतिथी पाण्डेले बाढीबाट पीडितभएकाहरुलाई सहयोग गर्न सबैलारेइ आग्रह गरे । उनले बाढीबाट पीडितहरु अहिलेपनि छटपटार्इ रहेको र कतिपयको बस्ने घर खाने अन्नपात केही नभएकोले सहयोग गर्न आग्रह गरे। उनले तीजलार्इ मनोरन्जनका साथै बाढीपीडितलार्इ सहयोग गर्न आह्वानपनि गरे।

कार्यक्रममा बृद्ध तथा अपाङहरुलार्इ निशुल्क प्रवेशको बेवास्था मिलाइएको छ । कार्यक्रमबाट उठेको रकमबाट दाङका बाढी र डुवानबाट प्रभावितहरुका लागि राहत वितरण गरिने जनाइएको छ । केहीदिनको लगातारको वर्षा पछि दाङमा मात्रै ८ जनाको मृत्यु, सयौ परिवार विस्थापित र हजारौँ नागरिक प्रभावित भएका छन् । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ