arrow

सर्वोच्च पुगे पशुपति, कमल थापाले आफ्ना केन्द्रीय सदस्यलाई बन्धक बनाएको आरोप

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
pasupati_rana.jpg

काठमाडौँ  । राप्रपाबाट बाहिरिएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका पशुपतिशमशेर राणाले कमल थापाविरुद्ध सर्वोच्च अदालतमा  मुद्दा दर्ता गरेका छन् ।

दिउँसो राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले आफ्नो पार्टीका केन्द्रीय सदस्यहरुलाई कमल थापाले बन्धक बनाई इच्छाविपरीत जान दबाब दिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

मुद्दा दर्ता गर्न अध्यक्ष राणासँगै नेताहरु दीपक बोहोरा, विक्रम पाण्डेलगायत सर्वोच्च पुगे । रिटमा राप्रपा प्रजातान्त्रिकले निर्वाचन आयोगबाट मान्यता पाउन लागेको अवस्थामा राप्रपा अध्यक्ष कमल थापाले आफ्ना नेता कार्यकर्तालाई अपहरण

गरेको, धाकधम्की देखाएको तथा बन्धक बनाएकाले शान्ति सुरक्षाको माग समेत गरिएको छ । रिटमा थापाले अपहरण गरेर हेटौंडामा राखेको भन्द आफ्ना पार्टीका केन्द्रीय सदस्यहरुको रिहाइको माग समेत गरिएको छ । हेटौडामा राप्रपाको बैठक चलिरहेको छ ।

रिटमा, ‘कुनैपनि व्यक्तिको राजनीति गर्ने अधिकारको हनन भएको छ’ भनिएको छ । राप्रापा प्रजातान्त्रिकले यसअघि दल दर्ताका क्रमममा निर्वाचन आयोगमा दस्तखत गरिसकेका केन्द्रीय सदस्यहरुले पुनः दस्तखत गर्नुपर्ने भन्ने आयोगको निर्णय खारेज गर्न माग गरेको छ ।

नेता ध्रबहादुर प्रधानले हाम्राकुरासँग भने, ‘मुद्दाको मूल विषय दस्तखत नै हो । निर्वाचन आयोगले पुनः दस्तखतका लागि आह्वान गर्दा केही सदस्यहरुलाई इच्छा विपरीत छुटाउन लगाएकाले यो अवस्था आएको हो ।’ रिटको पेशी आइतबारलाई तोकिएको छ । दुई साताअघि पशुपतिशमशेर राणाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

उनले ४० प्रतिशत केन्द्रीय सदस्य र २० जना सांसदको दस्तखतसहितको निवेदन बुझाएको जिकिर गरेका थिए । यद्यपि, कमल थापा पक्षले भने राणाले ४० प्रतिशत पुर्‍याउन नसकेको भन्दै आयोगमा दिएको निवेदन खारेज गर्न भनिरहको छ ।
आयोगले राणा समूहलाई हस्ताक्षर जुटाउन भदौ ४ गतेसम्मको म्याद दिएको थियो ।

हस्ताक्षर बुझाउने बेलामा आफ्नो पक्षका केन्द्रीय सदस्य कमल थापाले हेटौडा लगेर बन्धक बनाएर राखेको राणाको आरोप छ । कमल थापाले राणाले ४० प्रतिशत नपुर्‍याएको र केही केन्द्रीय सदस्यको किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ