arrow

पशुपतिको पार्टी दर्ता प्रयास समाप्त हुँदै, राणा समूहका सांसद थापातिर सरे

केन्द्रीय सदस्यको दस्तखत नपुगेको झोँकमा सर्वोच्चमा मुद्दा

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
kamal-thapa-&-pasupati-rana-new.jpg.jpeg

काठमाडौं । राप्रपा छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका पशुपतिशमशेर राणालाई निर्वाचन आयोगमा पार्टी दर्ताका लागि हम्मे भएको छ ।

राणाले १ सय ५६ मध्ये ४० प्रतिशत अर्थात् ६३ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउनु पर्नेमा अपुग भएपछि झोँकमा कमल थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

राप्रपाबाट साउन २२ अलग भएपछि राणाले राप्रपा लोकतान्त्रिक नाममा पार्टी दर्ता गर्न निर्वाचन आयोगमा ६९ जना (४० प्रतिशत) पार्टीका नेता कार्यकर्ताको हस्ताक्षर बुझाएका थिए । तर, आयोगले पुनःनाम सनाखत गर्नका लागि भदौ ४ गतेसम्मका लागि समय दिएको सूचना सार्वजनिक गरेको छ । अपुग केन्द्रीय सदस्यहरु खोज्दा राणाले भेट्टाएनन् । उता, राप्रपाले भदौ १ देखि हेटौडामा केन्द्रीय समिति बैठक चलाइरहेको छ ।

राणाले कमल थापाले आफ्नो केन्द्रीय सदस्यहरुलाई हेटौडा लिइ बन्धक बनाएर राखेको आरोप लगाएका छन् । राप्रपाका प्रवक्ता सुशील कुमार श्रेष्ठले भने, ‘हामीविरुद्ध मुद्दा दर्ता भयो भन्ने सुनियो । हाम्रो केन्द्रीय समिति बैठक चलिरहेको समाचार आधिकारिक रुपमा सबै आमसञ्चार माध्यमले दिइरहेका छन् । बैठकको निचोडहरु बाहिर आइरहेकै छ । तर, उहाँहरुले केन्द्रीय सदस्यहरुलाई बन्ध बनाएर राख्यो भनेर मुद्दा दर्ता गर्नु भो रे ! कस्तो हाँस्यास्पद ।’

निर्वाचन आयोगले अपुग व्यक्तिहरुको सनाखत मागेको थियो, उनले अगाडि भने, ‘उहाँहरु आयोग जानु भयो । पुग्ने जस्तो देख्नु भएन । केन्द्रीय सदस्य मात्रै ६३ जनाको सनाखत बुुझाउनु पर्ने छ ।’ आयोगले कानुन अनुसार काम गर्ने हो । कसैले भनेका भरमा दर्ता गर्न त मिल्दैन । उहाँहरुको संख्या पुग्दैन । पुग्ने सम्भावना पनि छैन, उनले भनेका छन् । राणाले बुझाएको विवरणमा ६४ जना सबै केन्द्रीय सदस्य थिएनन् ।
राणाको लाेभ छरपस्ट
प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘हामीसँग दुई जना माननीयको कुरा भइसकेको छ । उहाँहरुले पार्टी टुक्रिएको हेर्न चाहनु भएको छैन । मन्त्री बन्ने र बनाउने लोभमा यो सबै भएको स्वीकार्नु भएको छ ।’ राणाको योजना विफल भइसकेको छ ।

राप्रपाले विहिबार मात्रै बैठकबाटै ४ गते भित्र फिर्ता हुन राणा पक्षधरलाई आह्वान गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘हामीले हात समातेर ल्याउनु नै पर्दैन केही माननीयहरु आउने पक्का भइसकेको छ , तपाईले फोन गर्दा म दुई जना माननीयसँग कुरा गर्दै थिए ।’

राप्रपा प्रजातान्त्रिकको नेतृत्व गर्न आँटेका राणाले आफ्नो पार्टीका केन्द्रीय सदस्यहरुलाई कमल थापाले बन्धक बनाई इच्छाविपरीत जान दबाब दिएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ