arrow

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

logo
प्रकाशित २०७४ भदौ ३ शनिबार
biratnagar-airport.jpg

पथरी (मोरङ)। बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल शनिबार आंशिक रुपमा सञ्चालन भएको छ ।

धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताए  ।

सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ । आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन । बुद्धले आईतबार नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने कार्यलय प्रमुख सिंहको भनाई छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ