- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । केही अघि सम्म सामान्य कामका लागि श्रीमान सँग भर पर्नु पर्ने रैनादेवी छहरा गाँउपालिका ४ अमलाबासकी गीता पोखरेललाई अहिले दुई चार हजारका लागि कसै सँग हात थाप्नु पर्दैन । पहिले पाँच ,दश रुपैयाँ चाहियो भने पनि श्रीमान् सँग माग्नु पथ्यो । मैले व्यावसायिक रुपमा तरकारी खेती गर्न थाले पछि उल्टै श्रीमान् लाई पैसा दिने गरेकी छु । छोराछोरीहरुलाई विद्यालय पढाएकी छु,’ उनले भनिन् । 'सवै घरखर्च टारेर बचत समेत गर्ने गरेकी छु ।’
परम्परगत रुपमा गरिँदै आएको गहुँ, मकै, र धान खेतीले वर्ष दिनको छाक टार्न समेत मुस्किल पर्ने भए पनि तरकारी खेतीबाट उनले वार्षीक एक डेढ लाख रुपैयाँ कमाउन सक्ने भएको बताईन् । पैसाको लागि श्रीमान् सँग सधै झगडा हुन्थ्यो अहिले त्यस्तो छैन । तरकारी खेतीमा श्रीमान्ले समेत सघाउनुहन्छ,’ उनले भनिन् ‘हामी अहिले निकै खुसी छौँ ।
गीता पोखरेल जस्तै व्यावसायिक तरकारी खेती गर्ने सोही गाँउपालिका ४ अमलाबासकी ५० वर्षीय सावीत्रा कंडेलले पनि तरकारी खेतीबाट आत्मानिर्भर भएको बताईन । परम्परागत खेती गर्दा विहान वेलुकाको छाक टार्न समेत धौँधौँ पथ्यो । तर तरकारी खेती गर्न सुरु गरेपछि खान लगाउन र दैनिकी घर व्यवहार चलाउन निकै सहज भएको उनले बताईन । अहिले कडेलका बारीभरी काउली , सिमी र आलुले ढपक्कै ढाकेको देखिन्छ ।
उनले विहान देखि साझा सम्मै बारीमै व्यस्त हुने गरेको बताईन । व्यवसायिक तरकारी खेतीबाट बार्षिक एक देखि दुई लाख सम्म कमाउन गाह्रो नभएको कंडेलले भनाई रहेको छ । । उनले आफैले उत्पादन गरेको तरकारी डोकोमा राखेर बजार सम्म पु¥याउने गरेको को बताईन । मेरो यो सफलता गाँउमा गठीत महिला समुहबाट प्राप्त भएको भनाई छ ।
हिजो आजा उनीहरु जस्तै पश्चिम पाल्पाका महिलाहरु व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । पाल्पाको पश्चिम भेग रैनादेवी छहरा गाँउपालिका भित्रका मुझुङ्ग,सोमादी, छहरा र भुवनपोखरी लगाएतका स्थानहरुबाट लाखौ रुपैयाँको तरकारी बजार जाने गरेको पाइन्छ । महिलाहरुले गाँउमै समुह गठन गरि थोरै थोरै बचत गर्ने बानीको विकास गरि सोही समुहबाट क्रण लिएर व्यवसायिक तरकारी खेती र फलफुलबाट राम्रो आम्दानी गरेका छन् । पछिल्लो समयमा यस भेगका महिला किसानहरु व्यावसायिक तरकारी खेतीतर्फ आर्कषक देखिन थालेका छन् ।
कम लगानी र मेहनतले तरकारी खेती गर्न सकिने भएकाले यस तर्फ महिलाहरु बढी आर्कषण देखिएका छन् । यस क्षेत्रमा पानीको समस्या हुदाँ घण्टौँ समय लगाएर लिएको पानी तरकारी मा सिचाँई गर्ने गरेको स्थानीयहरुको भनाई रहेको छ । यस क्षेत्रका महिलाहरु फुर्सदको समयमा महिला समुहको बैठक बस्ने गर्दछन् । बैठकमा तरकारी खेतीमा लाग्ने रोग र कीराहरुको विषयमा छलफल गर्ने र मासिक बचत गर्ने गरेका छन् । बारीमा गोडमेल गर्ने र रासायनिक मलको प्रयोग नगर्ने गरेको स्थानीयहरुको भनाई रहेको छ । मेहनत र परिश्रम गरे आफ्नो बारीमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् अमलाबासका महिला किसान ।