arrow

बाढी पीडितलाई सहयोग प्रदान 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ ४ आइतबार
rahat.JPG

पाल्पा । साविकको  मदनपोखरा गाविसको नेपाली काँग्रेसका क्रियाशील सदस्यहरु द्धारा संकलीत रकम बाढीपीडितलाई सहयोग स्वरुप प्रदान गरिएको छ । पार्टी सभापति पुरूषोत्तम अर्याल र गाउँसमिति सदस्यहरु लोकनाथ घिमिरे, चुडामणि लुईँटेलको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा संकलीत रकम दश हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको हो । 

केही दिन अगाडि मुलुकका विभिन्न स्थानहरुमा आएको अविरल वर्षाद्का कारण घर, परिवार र आफन्त गुमाउनु पर्दाको पीडामा मलम लगाउने उद्धेश्यले हिन्दु महिलाहरुको महान पर्व हरितालीकाको अवसरमा सामुहिक दर खाने रकम बाढीपीडितलाई सहयोग गरिएको सभापति अर्यालले बताए । 

पार्टी, संघ संस्थाको तर्फ बाट जिल्लामै पहिलो पटक राहत स्वरुप रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा रकम जम्मा गरेकोमा प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले धन्यवाद व्यक्त गर्दै सहयोग र रचनात्मक कार्य प्रति प्रशंसा गरेका थिए ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ