arrow

घरेलु मैदानमा नेपालको शान, ६ गोल खाएर माल्दिभ्स लखतरान

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
nepal_VS_Maldivs.png

काठमाडौं ।  १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो ।

खेलेको १४औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । २२औ मिनेटमा दर्शन गुरूङले नेपालका लागि दोस्रो गोल गरे । ३७औ मिनेटमा पेनान्टीमार्फत रोशन राना मगरले गोल गर्दै नेपाललाई  ३–० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा आकाश वुद्धमगरले गोल गरेसँगै नेपालले ४–० को अग्रता लियो । दोस्रो हाफको पहिलो मिनेटमै नेपालका लागि रोशन दोङले गोल गरे । खेलको ७०अाैँ मिनेटमा ब्रिजेश चौधरी व्यक्तिगत दोस्रो गोल गर्दै नेपाल ६–० को अन्तर कायम गरे ।

रोशन दोङ ८८ अाैँ मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपाल १० जनामा सिमित भयो । यद्यपि, माल्दिभ्सले गोल फर्काउन सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ