arrow

वल्डलिंकले ल्यायो नेपालमै पहिलो पटक सुरक्षित इन्टरनेट सेवा

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
Worldlink_Communications.png

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट  नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ ।  यो सेवासँगै अभिभावकलाई वल्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि  आवश्यक र प्रयोगकर्ताहरुलाई कुन समयमा कस्ता नियन्त्रण सामाग्रीको छनोट गर्ने भन्ने बारेमा अनुमति दिने छ ।

 सेवा वल्डलिंकका ग्राहकहरुलाई  निशुल्क उपलब्ध गराउनेछ ।  सेफनेटको सेटिङ्ग र कन्ट्रोलहरु वल्डलिंकको ग्राहक पोर्टल अथवा माई वल्डलिंक  एप्सबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो सेवासँगै ग्रहाकले  बच्चाहरुको अध्ययनको अवधिमा सामाजिक मिडियालाई प्रतिबन्धित गर्ने,  डिभाइसहरुलाई नकारात्मक प्रभाव पार्ने वेवसाइटहरु ब्लक गर्ने, वेवसाइटहरु ब्राउजिंग गर्दा विज्ञापनहरु फिल्टर गर्ने,  वयस्क सामग्रीहरुलाई पूर्ण रुपमा बन्देज गर्ने अदिको सेवा पाउनेछन् ।

कम्पनीले  यो सेवा अभ्यासको रुपमा रहेको र यसमा कुनै किसिमको वारेन्टी वा ग्यारेन्टी नहुने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ