arrow

नेपाल क्रिकेट संघको विधान संशोधनसहित पारित, चतुरबहादुर पक्षकै अडान सदर

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
Cricket-CAN1.jpg

काठमाडौं । नेपाल क्रिकेट संघको विशेष साधारण सभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको निर्देशन अनुसार संशोधन सहित विधान पारित गरेको छ ।

मंगलबार काठमाडौंमा भएको साधारण सहभाले केही बुँदाहरु संशोधन गरी विधान पारित गरेको हो । आइसीसीले नै गठन गरिदिएको सल्लाहकार समूहले तयार पारेको संशोधित विधान अनुमोदनका लागि विशेष साधरणसभा बोलाइएको थियो । सल्लाहकार समूहमा विवादित बनेका विषय चतुरबहादुर चन्द नेतृत्वको क्यानकै  अडान अनुसार नै संशोधन भएका छन् । मुख्यतः क्यानका १७ केन्द्रीय सदस्य चुनावी साधारणसभामा स्वतः उम्मेदवार हुन पाउने छन् । जिल्लाका प्रतिनिधिहरुले यो व्यवस्था राख्न नहुने बताउँदै आएका थिए ।

सल्लाहकार समूहमा रहेका निर्वाचित क्यानका प्रतिनिधिले नयाँ विधान लागू भएपछि चुनावका लागि हुने सधारणसभामा केन्द्रीय समिति सदस्य स्वतः सहभागी र उम्मेदवार हुन पाउनु पर्ने अडान राखेको थियो । निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले भने, ‘सधारणसभामा केन्द्रीय समिति सदस्य स्वतः सहभागी र उम्मेदवार हुन पाउ व्यवस्था राखिएको छ ।’  निर्वाचित क्यान भोटिङ राइट छाड्न र ३१ को सट्टा १७ जना मात्र सहभागि हुन तयार भयो । तर, अन्य सदस्यले मानेनन् । यो विषयमा दुबै पक्षले आ–आफ्नो मत राख्दै आईसीसीलाई प्रतिवेदन दिएका थिए ।

महासचिव प्याकुर्‍यालका अनुसा साधारण सभाले अध्यक्ष, महासचि र कोषाअध्यक्षको उम्मेदवारीका लागि तोकिएको शैक्षिक योग्यता नरहने गरी संशोधन भएको छ । यस्तै, अनुसमिति समितिमा खेलकूद मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्काबाट पनि प्रतिनिधि रहने गरी संशोधन भएको छ । सदस्यता शुल्क समेत घटाएर विधानमा उल्लेख गरिएको छ । अब सदस्यता शुल्क तीन हजारबाट १५ सय हुने भएको छ ।

प्याकुर्‍यालका अनुसार सरकार र राष्ट्रिय खेलकुद परिषदबाट ७ जना पनि साधारणसभा जाने व्यवस्था गरिएको छ । राखेपले १० जना प्रस्ताव गरेको थियो । संक्रमणकाललाई छोट्याइएको छ भने, विधान लागू भएको १०५ दिनमा नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ ।

४५ दिनभत्र जिल्ला, त्यसको ३० दिनभित्र प्रदेशको अधिवेशन भइसक्नु पर्नेछ । प्रदेश अधिवेशन भएको ३० दिनमा केन्द्रीय साधारण सभा हुनेछ । साधारणसभाले पारित गरेको विधान राखेपले अनुमोदन गर्ने छ । गएको महिना मात्रै आईसीसीका उपाध्यक्ष इमरान ख्वजासम्मिलित सल्लाहकार समितिको बैठकले प्रस्तावित विधानलाई बोर्डबाट स्वीकृत गराउन १ महिनाको समयसीमा तोकेको थियो । आइसीसीले दिएको समय १० भदौमा सकिँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ