arrow

प्रधानमन्त्री देउवालाई विदेशमन्त्री सुष्मा स्वराजले गरिन् स्वागत

logo
एकराज पाठक,
प्रकाशित २०७४ भदौ ७ बुधबार
deuba_soraj1.JPG

 नयाँदिल्ली(भारत) । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइपुगेका छन् ।

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आइपुगेका हुन् ।
 
प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले  स्वागत गरेकि थिइन् । प्रधानमन्त्रीको स्वागतमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका उच्च अधिकारीहरु उपस्थित थिए ।

अहिले प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा केही समयका लागि विश्राम गर्दै छन् ।

आज अपरान्ह ३ बजे उनको नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल हुनेछ भने आजै साँझ ७.३० बजे नेपाल र भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ