arrow

इन्नोक्स टेक्नोमानियाले बनायो अखिल क्रान्तिकारीको मोबाईल एप्प

logo
प्रकाशित २०७४ भदौ १० शनिबार
innox_technomania.png

काठमाडौं ।  माओबादी केन्द्र निकट बिधार्थी संगठन अखिल (क्रान्तिकारी) ले मोबाईल एप्प सुरु गरेको छ । संगठनको  २१औं एकताको राष्ट्रिय सम्मेलनको उत्घाटन समारोहमा मोबाईल एप्पको सुरुवात अध्यक्ष प्रचण्डले गरेका छन् ।

इन्नोक्स टेक्नोमानियाले निर्माण गरेको सो एप्सबाट संगठनको बिज्ञप्ति, गतिबिधि, लेख तथा रचना, प्रकाशन, अडीयो भिडियो, कमिटिको बारेमा हर्न सकिनेछ । साथै  लगिन सदस्यले संगठनको दस्ताबेज, बिधान, कार्यविधि तथा सर्कुलर  हेर्न सक्नेछन् ।

 इन्नोक्स टेक्नोमानियाका प्रबन्ध निर्देशक ईन्जिनियर प्रचेस आचार्यले भने - ' एक्कै पटकमा पदको आधारमा  सबै सदस्यलाई इमेल एसएमएस गर्न सकिने गरिएको एप्पले आगामी दिनमा संगठनको लागि उपयोगी हुने विश्वास लिएको छु ।'

एप्प गूगल प्ले स्टोरमा https://play.google.com/store/apps/details?id=comm.examplee.user.firstapp बाट  डाउनलोड गर्न सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ