arrow

प्रधानमन्त्री देउवा विहारमा, मुख्यमन्त्री नीतीससँग द्विपक्षीय वार्ता 

logo
प्रकाशित २०७४ भदौ १० शनिबार
deuba-budo.gif

बिहार (भारत)। प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो भारत भ्रमणको आज साँझ भारतको आन्ध्र प्रदेशबाट विहार राज्य आइपुगेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार हैदरावादमा बसेका थिए । शनिबार बिहान हैदरावादबाट आन्ध्र प्रदेशस्थित प्रसिद्ध हिन्दु देवस्थल तिरुपति बालाजीको दर्शन एवम् पुजाअर्चनाका लागि प्रधानमन्त्री आन्ध्र प्रदेश गएका हुन्। 

उनलाई आन्ध्र प्रदेशका आवास मन्त्री के श्रीनिवासनले तिरुपति विमानस्थलमा स्वागत गरेका थिए। प्रधानमन्त्रीकी धर्मपत्नी डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसदहरु एवम् भ्रमण दलका सदस्यहरु प्रधानमन्त्री देउवाको साथमा थिइन्। 

प्रधानमन्त्री देउवाले तिरुपति बालाजी मन्दिरमा विशेष पूजा अर्चना गरे । त्यसपछि आजै साँझ प्रधानमन्त्री देउवा विहार आइपुगेका छन् । विहारमा उनलाई विहारस्थित गया विमानस्थलमा विहारका शिक्षामन्त्री कृष्णनन्दन बर्माले स्वागत गरेका थिए। विमानस्थलमा उनको विशेष स्वागतका लागि नवकन्या एवं विभिन्न वैदिक साँस्कृतिक बाद्यवादक समूहको उपस्थिति थियो । 

प्रधानमन्त्री देउवासँग विहारका मुख्य मन्त्री नितिशकुमारले शनिबार साँझ शिष्टाचार भेट गरेका छन् । नेपालको छिमेकी राज्य विहारका मुख्यमन्त्रीसँग नेपाल–भारत सम्बन्ध लगायतका विभिन्न आपसी हित र चासोका विषयहरुमा वार्ता हुनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ