arrow

भारत १५ वर्ष मुनिको साफ च्याम्पियन, नेपाल स्तब्ध

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
nepal_parajit.JPG

काठमाडौं ।  १५ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । सातदोबाटोको एन्फा मैदानमा भएको फाइनमा नेपाललाई २–१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

नेपालले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफपछि सम्हालिन सकेन । लागि पहिलो हाफ अघि ४१औँ मिनेटमा व्रिजेश चौधरीले गोल गरे । चौधरीले नेपाललाई अग्रता दिलाए । भारतका लागि ५९औ मिनेटमा लालरोकिमाले गोल गरे । नेपालको अग्रता धेरै बेल टिकेन । यस्तै, ७४औँ मिनेटमा भारतका विक्रम प्रताप सिंहले गरेको गोल भारतको जितका लागि निर्णायक बन्यो ।

समूह चरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा बंगलादेशलाई ४–२ ले हराउँदा भारतले भुटानलाई ३–० ले पराजित गरेको थियो ।

दुई वर्षअघि बंगलादेशमा भएको तेस्रो साफ यु–१५ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघि काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो र दोस्रो दुवै संस्करणमा नेपाल भारतसँगै पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ