arrow

सधै जोखिमको यात्रा बन्यो पाल्पा—बुटवल सडकखण्ड

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ १२ सोमबार
palpa-butwal_marga.jpg

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत  पाल्पा—बुटवल सडक खण्डमा पर्ने सिद्धाबाबामा सधै जोखिम पूर्ण यात्र गर्नु पर्ने बाध्यता रहेको छ । सिद्धाबाबा नजिकै एक हप्ता अगाडी तानसेनका बृहस्पती शाक्यको  माथिबाट खसेको पहिरोका कारण सदाका लागि ज्यान गुमाउनु पर्‍यो । माथिबाट झरेको पहिरोका कारण ज्यान गुमाउनेको सङख्या एक वर्षको अवधिमा ११ जना व्यक्तिले जोखीमको कारण सदाका लागि ज्यान गुमाउनु परेको छ ।

५ नम्वर प्रदेश भित्र पर्ने तराई देखी पहाड लाई जोड्ने एक मात्र यस सडक खण्डमा मात्रा गर्ने यात्रुहरु मध्ये हाल सम्म हजारौ व्यक्तिले सयौ आफन्तलाई गुमाउनु परेको छ । भारत सरकारको सहयोगमा झण्डै ४९ वर्ष अगाडी निर्माण कार्य पुरा भएको सुनौली ,पोखरा सडक खण्ड मध्ये पाल्पा जिल्ला भित्र पर्ने बुटवलको चिडीया खोला देखी दोभान सम्म सात किलोमिटर अत्यन्त जोखीम युक्त सडक भित्र पर्दछ ।

एक वर्ष अगाडी लुम्विनी मेडीकल कलेजमा कार्यरत डक्टर सवार भ्यान समेत सिद्धबाबा मन्दिर नजिक पुग्दा माथिबाट खसेको ढुगांका कारण भ्यानमा सवार सबैले आफ्नो इहलिला समाप्त गर्नु पर्‍यो । यस क्षेत्रमा खस्ने पहिरोका कारण आफ्न्ता गुमाएका पिडीत परिवारका सदस्यहरु भनदछन् , हामीले जस्तो पीडा अरु कसैले भोग्न नपरोस्  । यस सडक खण्डमा यात्रा गर्ने यात्रु मात्र नभई यस सडकमा सवारी चलाउने सवारी चालकले समेत उत्तीकै जोखीम मोलेरै सवारी चलाउनु पर्ने हुन्छ । वर्षायामको सुरुवाती संगै घर परिवारमा हिसाव किताव बुझाएर सवारी चलाउनु पर्ने  रहर होइन ,बाध्यता रहेको  यस सडक खण्डका सवारी चालक विनोद गिरीले बताए   ।

दोभान सिद्धबाबा सडकको अवस्था वारे लुम्विनी अञ्चलकै सांसद, पूर्व मन्त्री अनविज्ञ छैनन् । सडकको अवस्था सुधारको  गर्नका लागि आवश्यक योजना र बजेटका लागि हामीले पटक पटक  धेरै प्रधानमन्त्रीहरुलाई आग्रह गर्‍यौ । अहिले सम्म हाम्रो आग्रह चित्कारमा परिणत भयो । यो सडकका कारण पाल्पा विकासमा पछाडी परेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताए  । बुटवल देखी पाल्पा गुल्मी , स्याङ्गजा , कास्की , बाग्लुङ्ग ,पर्वत म्याग्दी र मुस्ताङ्ग जिल्लालाई जोड्ने यो नै एक मात्र सडक हो । यहि सडकका कारण पाल्पाको पर्यटन विकासमा अवरोध पुगेको पर्यटन व्यवसायी तथा तानसेन ७ का वडा अध्यक्ष सागर महर्जनले गनासो गरे  । लुम्विनी आएका विदेशी पर्यटक पोखरा जादा एक दिन भए पनि तानसेन बसाल्ने , घुमाउने हाम्रो योजना भए पनि यहि सडकका कारण वर्षयाम सुरु भए सँगै  विदेशी पर्यटक तानसेन आउन अप्ठारो मान्ने गरेको महर्जनले बताए  ।

पहीरो रोकनको लागि सिद्धबाबा नजिक रकनेटको विषयमा तत्कालिन उद्योग मन्त्रि सोम प्रसाद पाण्डेले निकै तामझामका साथ प्रचार शैलीमा काम गरे जस्तो गरे । करिव ५२ लाख रुपैयाँमा रकनेट को काम भए पनि प्रभावकारी रुपमा त्यो प्रविधिले काम नगरेको जिल्ला वासीको गुनासो रहेको छ ।  चट्टानै चट्टानले बनेको पहाडको कारण बाट सडक निमार्ण भएको छ । चुरेक्षेत्र भित्र पर्ने यस पहाड भौगोलिक हिसावले अत्यन्त कमजोर छ । सडक क्षमता भन्दा बढी भार बहन युक्त सवारी साधनहरु दैनिक हजारौ गुड्छन् । त्यसैको कम्पनबाट माथिबाट वर्षायाममा मात्र नभई सुख्खा मौसममा समेत ठूला ठूला ढुङ्गा खसेर सडक अबरुद्ध हुनुको मूख्य कारण भएको सम्बद्ध प्राविधिकहरु बताउन्छन् ।

सडक कार्यलयले लाखौ रुपैया खर्चिएर सडक सुरक्षका लागि लगाएको फलामेबार समेत माथीबाट खसेको पहिरो , ढुङ्गाले लथालिङ्ग पारिदिएको छ । पलस्वरुप फलामेबार मात्र नभई वर्षेनी लाखौ रुपैया खर्चिएर गरेको मर्मतलाई समेत माथीबाट खसेको ढुंगा सहितको पहिरोले क्षत विक्षात नै बानएको सवारी चालक विष्णु रेग्मीले बताए  ।

२०७० सालको निर्वाचन पछि गठित सरकारका समयमा यो सडक खण्डको स्तर उन्नती वा वैकल्पीक सडक भनेर तत्कालीन प्रधानमनत्री शुसील कोइराला समक्ष डेलिकेशन गएको बताउदै नेपाली काँग्रेसका जिल्ला सभापति वीर बहादुर राना भन्छन्  । त्यति वेला बजेट मार्फत केही सम्वोधन भयो ,काम पनि भयो तर वर्षायाम सँग सँगै बनेका संरचना ध्वस्त भए , यो सबैका लागि टाउको दुखाईको विषय बनेको सभापति रानाले बताए  । सडक कार्यलयका सुचना अधिकारी तथा इन्जिनियर पवित्रमणि आचार्य भन्छन्  , कार्यलयले वर्षेनी करोडौ रुपैयाँ खर्चिएर मर्मतको काम गर्‍यो माथीबाट झर्ने ठुला ठुला ढुङ्गाले जस्ताको तस्तै बनाउन्छ प्राकृतिक विपत्ती सँग नसकिदो रहेछ । जव सम्म पहाडको ढुङ्गा व्यवस्थापन हुदैन तब सम्म सुरक्षित सडक हुनेमा उनले आशाङ्का व्यक्त गरे   ।

 सुरक्षित सडकका विकल्पमा समय समयमा विभिन्न वैकल्पीक उपाएका बारेमा चर्चा हुने गर्दछ , तर त्यसलाई कार्यन्वयन तहमा पुर्‍याईदैन । रुपन्देहीको बुटवलबाट निर्वाचित सभासद विष्णु पौडेल २०५१ सालको मध्यवधी निर्वाचनमा पाल्पाबाट निर्वाचीत हुनुभएको थियो । विष्णु पौडेल के.पी .ओलीको सरकार भएको समयमा अर्थमन्त्री भएका बखत उहाँले यो सडकको सट्टामा बुटवलका भू माफियाको चगुंलमा परेर नयाँ सडकका लागि बजेट विनियोजन गरिदिएको दोभानका एक स्थानीयवासीन्दाले रहस्य खोले ।

बुटवल तानसेन सडक खण्ड सुरक्षित भएको खण्डमा पाल्पाको पर्यटन विकासमा सहयोग पुग्ने उद्योग वाण्ज्यि संघका निवर्तमान अध्यक्ष राजु महर्जन बताउन्छन्   । यो सडक उत्तर दक्षिण जोड्ने सडक मात्र होईन काठमाडौं जोड्ने वैकल्पीक सडकका रुपमा समेत प्रयोग भएकाले यसलाई राज्यले नै मूख्य प्राथामिकताको सडकका रुपमा लिएर कार्यान्वयन तहमा जानुपर्ने जिल्ला वासीका माग रहेको छ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ