arrow

कांग्रेसले पर्सा र धनुषामा अझैं लगाएन उम्मेदवारको टुंगो

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
congress.jpeg

काठमाडौं ।  आगामी असोज २ मा हुने प्रदेश २ को स्थानीय तहको उम्मेदवार टुंगो लगाउँन बसेको कांग्रेस बैठक अझै जारी छ । टिकटको बाँडफाँड गर्न बसेको बैठकमा अझै सहमति जुट्न सकेको छैन ।
 
प्रदेश २ मा रहेका ८ जिल्ला मध्ये पर्सा र धनुषामा उम्मेदवारहरुको विषयमा अझैं टुंगो लागेको छैन । पर्सामा उम्मेदवारहरुको नाम एकतर्फि रुपमा सहमति गराएर ल्याएको भन्दै बैठक भित्र नै नेताहरुबीच आरोप प्रत्यारोप भएको छ ।

पर्साको ठोरी गाउँपालिकाको उम्मेदवारका रुपमा नाम सिफारिस भएका जरी लामाका विषयमा जिल्ला सभापति अजय द्धिवेदीले गत संविधानसभामा पार्टीलाई घात गरेर फोरम लोकतान्त्रिकमा गएका व्यक्तिलाई टिकट दिन नहुने भन्दै असन्तुष्टि राखेका छन । तर नेता रमेश रिजालले अन्य उम्मेदवार नै नदेखिएकाले लामालाई टिकट दिनु पर्ने अवस्था आएको बताउँदै आएका छन ।
 
यस्तै पर्साको पोखरीया नगरपालिकाको उपमेयरमा विवाद देखिएको छ । सो नगरपालिकामा उपमेयरमा मुस्लिम समुदायको प्रतिनिधित्व माग भएको छ । पर्सा गढी गाउँपालिकामा समेत प्रमुख उपप्रमुखमा नाम सिफारिस भएका दुबै उम्मेदवारको नाममा  विवाद देखिएको छ । यस्तै सहमति जुटिसकेको भनिएको बाराको कलैया उपमहाँनगर र राजविराजको राजविराज नगरपालिकाको उम्मेदवारको विषयमा समेत अझै विवाद देखिएको छ ।  बिरगंज महाँनगरको २८ र ३२ वडामा समेत विवाद देखिएको छ । अन्य वडामा समेत सहमति जुट्न सकेको छैन ।

जारी बैठकमा प्रदेश २ का पर्सा र धनुषाको उम्मेदवारका विषयमा छलफल भइरहेको कांग्रेस केन्द्रिय सदस्य उमाकान्त चौधरीले जानकारी दिए । बैठकमा नेताहरु शसांक कोइराला, विमलेन्द्र निधि, सितादेवी यादव सहित प्रदेश २ का केन्द्रिय सदस्य तथा सांसद र जिल्ला सभापति क्षेत्रीय सभापतिहरु समेतको सहभागीता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ