arrow

आईएमईको दशैं, तिहार र छठ योजना सार्वजनिक

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
News.jpg

काठमाडौं  । आईएमईले  दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ ।  अफर भाद्र १२ गतेदेखि मङ्गसिर ३ गतेसम्म  संचालन हुनेछ ।

योजना अन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक पन्ध्र-पन्ध्र  दिनमा १-१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छ-छ हप्तामा १-१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिने कम्पनीले जनाएको छ ।  

  योजना अन्तर्गत अन्तर्राष्ट्रिय-आन्तरिक कारोबारको हकमा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ