arrow

देउवापक्षीय नेता सानेपा

अनसन तोडेर रणनीतिक रुपमा अघि बढ्ने योजना

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
congress.jpg.jpeg
काठमाडौं । असन्तुष्टी सहित अगाडी बढ्ने रणनीति अनुसार कांग्रेस बरिष्ठ नेता शेरबहादुर  देउवा पक्षीय नेताहरु क्रियाशिल सदस्यताका विषयमा असन्तुष्टी जनाउदै पार्टी कार्यालय अनसनमा बसेका नेताहरुलाई भेट्न सानेपा पुगेका छन् । कांग्रेस सहमहामन्त्री विमलेन्द्र नीधिसहितका नेताहरु सानेपा पुगेका हुन् । 
 
काँग्रसको क्रियाशिल सदस्यता छानविन समितिको प्रतिवेदनलाई पदाधिकारीले संशोधन गरेपछि असन्तुट देउवा पक्षले असन्तुष्टी सहित अगाडी बढ्ने तयारी गरेपछी नेताहरु अनसन तोडाउन सानेपा पुगेका बताइएको छ ।  विवाद समाधान समितिको सिफारिसलाई पदाधिकारीले संशोधन गर्ने अधिकार नभएको र समितिका संयोजकको निर्णय नै अन्तिम हुने भएकाले कसैले संशोधन गर्न नपाउने भएपनि संशोधन गरिएको भन्दै देउवा पक्ष असन्तुष्ट भएको हो । देउवा पक्षले पदाधिकारीको निर्णयमा हस्ताक्षर समेत गरेको छैन । 
 
यद्यपि, असन्तुष्टी जनाएर प्रक्रिया अगाडी बढ्न नदिदा स्थानियस्तरका अधिवेशनहरुलाई असर पर्ने भन्दै अधिवेशनको कामलाई अघि बढ्न दिने तयारीमा देउवा पक्ष लागेको केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले बताएका छन् । पार्टी सभापति सुशील कोइरालाले सोमबार निवासमै पदाधिकारी बैठक डाकेर अघिल्लो महाधिवेशनको सदस्यालाई मान्यता दिने निर्णय गरेका थिए । 
 
सोलुखुम्वु, कैलाली र रौतहटका नयाँ सदस्यता स्थगित गर्ने पदाधिकारीको निर्णयपछि नेता देउवाले नयाँ सदस्यता स्थगित भएका जिल्लाका नेताहरुसंग छलफल गरेर यसलाई राजनितिक मुद्दा बनाउदै अघि बढ्ने रणनीति लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ