arrow

टेक्सासमा आँधीबाट ४० को मृत्यु वा हराएको आशङ्का

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
texas-flood.jpg

हाउस्टन (अमेरिका)। टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको वा हराएको स्थानीय अधिकारीहरुले जनाएका छन्। भारी बर्षा र त्यसपछि सुरु भएको आँधीबाट ती व्यक्ति मारिएको हुनसक्ने अनुमान गरिएको बताइएको छ। उनीहरु सो आँधीपछि हराइरहेका छन्। त्यसैले मारिएको अनुमान गरिएको समाचारमा जनाइएको छ।

मारिएका व्यक्तिहरु बाढी वा हुरीबाट मारिएका हुन वा होइनन् भन्ने विषयमा चिकित्सकहरुले शुक्रबार स्वास्थ्य जाँच गर्ने भएका बताइएको छ। हराएकाहरुको खोजी जारी राखिएको छ। हराएका स्थानीयहरुको खोजी बाढी आएको क्षेत्रतर्फ, नदिको किनारमा र सो बाढीले ताल तलाउ बनाएको स्थानतिर गरिएको अधिकारीहरुले जनाएका छन्।

हालै गएको सो आँधी र त्यसपछिको बाढीका कारण कैयौँ घर डुबाएको छ। त्यस्तै सडकमा गुडिरहेका सवारी साधन नै बाढीले बगाएको छ। त्यसैमा परेर नागरिक हराइरहेका छन्।

यसरी हराएका नागरिकको खोजी जारी रहेको भए पनि अहिलेम्म भेटन नसकिएपछि उनीहरु मारिएको अनुमान गरिएको छ। मारिएका नागरिकको पनि शव नभेटिएको बताइएको छ। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ