arrow

अनेरास्ववियुका नेता बाढीपिडितको रकम घोटाला गरि सम्पर्क विहिन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
akhil-krantikari-423x250-253x200.jpg

स्याङ्जा । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका केन्द्रिय सदस्यले बाढीपिडितका नाममा उठाएको रकम घोटाला गरेको रहस्य खुलेको छ । केन्द्रिय सदस्य रीता ढकालको नेतृत्वमा स्याङ्जा सदरमुकाममा बाढीपिडितका लागि उठाएको रकम घोटाला गरिएको रहस्य खुलेको हो । ढकालको नेतृत्वमा करिव ५१ हजार रकम संकलन भएको भएपनि केन्द्रिय समितिलाई ११ हजार मात्रै रकम बुझाई अरु रकम आफैले राखेको आशंका गरिएको छ । अनेरास्ववियुका एक विद्यार्थी नेताले नाम नखुलाउने शर्तमा भने ढकालले ४० हजार रकम घोटाला गरेको बताए । दुई हप्ता अगाडी तराई मधेशमा आएको वाढीले ठुलो धनजनको क्षती भएपछि बाढी पिडितलाई राहतका लागि रकम संकलन गरिएको थियो ।

यसबारे केन्द्रिय सदस्य ढकालसगँ कुरा बुझ्न फोन प्रयास गर्दा मोवाईल अफ भएकोले थप जानकारी पाउन सकिएन । अनेरास्ववियु जिल्ला अध्यक्ष विश्वनाथ अर्याल सगँ कुराकानी गर्दा तराई मधेशमा बाढी आउदा आफु विदेशमा रहेको बताए । म विदेशमा रहदा कार्यबहाक अध्यक्ष नवराज भुषाल थिए अध्यक्ष अर्यालले भने,“जिल्लाका विभिन्न क्याम्पस र बजार क्षेत्रबाट बाढीपिडितका लागि संकलन गरिएको रकम केन्द्रिय समितिलाई बुझाएका छन् ।” अर्यालका अनुसार जिल्लाबाट संकलन गरिएको रकम ८४ हजार ६ सय ६६ रुपैया केन्द्रिय समितिलाई भुषालले बुझाएको बताए । केन्द्रिय सदस्य ढकालले पनि रकम संकलन गरेको खवर छ नी  ? भनेर अध्यक्ष अर्याललाई प्रश्न गर्दा जिल्ला कमिटीलाई जानकारी नदिइकन रकम उठाएको सुनेको मात्रै हो अरु विषयमा मलाई थाहा नभएको बताए ।

ढकालले के कति रकम उठाएको हो र केन्द्रिय समितिलाई कति रकम बुझाएको हो भन्ने विषयमा जिल्ला कमिटीले बुझने अर्यालको भनाई छ । अपादर्शिता तवरले बाढी पिडितका नाममा रकम संकलन गरेर दुरुपयोग गरेको भेटिएमा जिल्ला कमिटीले कारवाहिको सिफारी समेत गर्ने अर्यालले भने । यता अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष रश्मी आचार्य सगँ बुझदा रकम घोटालाको बारेमा थाहा नभएको बताए । स्याङ्जाका विभिन्न क्याम्पसमा रकम उठाउदा त्रिभुवन आदर्श क्याम्पसको छुटेको खवर पाएको हो उपाध्यक्ष आचार्यले भने,“त्रिभुवन क्याम्पसबाट संकलन भएको ११ हजार रकम केन्द्रिय समितिमा प्राप्त भएको छ ।” बाँकी रकम कता गयो भन्ने प्रश्नमा आचार्यले ११ हजार मात्रै आफुले सुनेको तर अरु रकमको बारेमा थाहा नभएको बताए ।

ढकालले करिव ५१ हजार रकम संकलन गरेर केन्द्रमा ११ हजार मात्रै बुझाएको भए तुरुन्त छानविन गर्ने प्रतिक्रिया आचार्यले दिए । रकम दुरुपयोग गरिएको भए बाढी पिडित जनता र अखिल प्रतिको यो खेलवाड हो आचार्यले भने,“जिल्ला कमिटी सगँ समन्वय गरी तत्काल यस विषयमा छानविन हुने छ ।” जिल्लामा अनेरास्ववियुले दुई पटक बाढीपिडितका नाममा रकम संकलन गर्दा कुनै खेमा नभएको दावी उनले गरे ।

बाढीपिडितको नाममा रकम संकलन गरी रकमको दुरुपयोग भएको हो भने अनेरास्ववियुले तत्काल छानविन गरी बाहिर ल्याउनु पर्ने देखिन्छ । रकम संकलन पछि ढकाल संम्पर्क विहिन अवस्थामा रहेको अनेरास्ववियु श्रोतले बताएको छ । सम्पर्क विहिन हुदा कतै ढकालले बाढीपिडितको रकम दुरुपयोग गरेकी त छैनन् भन्ने शंका उव्जेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ