arrow

प्रचण्ड छलफलमा व्यस्त, वीरगञ्जमै बोलाए नारायणकाजीहरुलाई

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
maobadi_news.jpg

पर्सा । प्रदेश २ को स्थानीय तह निर्वाचनको रणनीति बनाउन भन्दै माओवादी केन्द्रको सचिवालय बैठक वीरगञ्जमा चलिरहेको छ ।

पहिलो दोस्रो चरणको निर्वाचन हुँदा प्रधानमन्त्री रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफै खटिरहेका छन् । दाहालले काठमाडौंमा डाकिएको बैठक नै वीरजन्जमा राखे ।

अमुख दलहरुले प्रदेश नम्बर २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । माओवादी नेताहरुले  मधेस आन्दोलनलाई उचाई दिने काम आफुले नै गरेको भन्दै मधेसँग विशेष साइनो रहेको जिकिर गर्दै आएका छन् ।

अध्यक्ष दाहालले मधेसबाट काठमाडौ फर्किने मन गरेका छैनन् । मर्निङ वाकमै घरदैलो गरिरहेका दाहाल काठमाडौं फर्किपछि राप्रपा प्रजातान्त्रिकलाई सरकारमा लैजाने देउवाको योजना भने अधुरै छ ।  

माओवादीको सचिवालय बैठकले दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनाव जित्ने रणनीतिबारे छलफल गरिरहेको छ ।
यस्तै, बैठकमा उम्मेदवार टुंगो लाग्न बाँकी स्थानीय तहबारेसमेत कुरा भइरहेको पर्सा जिल्ला इन्चार्ज उर्मिला आर्याले जानकारी दिएकी छन् ।

उनका अनुसार धेरै ठाउँमा उम्मेदवारको टुंगो लागिसकेको छ । जहाँ–जहाँ विवाद छ त्यहाँको लागि छलफल गरेर सचिवालय बैठकले टुंग्याउने छ ।

सचिवालय बैठकका लागि नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, कृष्णबहादुर महारा, जनार्दन शर्मा प्रभाकर, प्रभु साह, गोपाल किराँती, देवेन्द्र पौडेललगायत नेताहरु वीरगन्ज पुगेका छन् । बैठकमा ९४ जना नेता सहभागि रहेका बताइएको छ । माओवादी केन्द्रले सबै भन्दा उच्च निकाय केन्द्रीय कार्यालय विघटन गरेर ९९ सय सदस्यीय कार्यकारी सचिवालय बनाएको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा पर्साबाट एउटा सिट नजितेको माओवादीले स्थानीय तह निर्वाचनमा नतिजा उल्टाउने रणनीति बनाएको छ ।

पछिल्लो संविधानसभा निर्वाचनमा माओवादीले १९ हजार एक सय २ मत ल्याएको थियो । एक लाख ७० हजार तीन सय ३१ मत खस्दा माओवादीको जम्मा १९ हजार मत आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ