arrow

संविधान कार्यान्वयनका लागि प्रदेश सभा र केन्द्रको चुनाव आवश्यक ः मन्त्री बस्नेत

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
ambika-basnet.png

नगरकोट। सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले संविधान कार्यान्वनका लागि प्रदेश सभा र केन्द्रको चुनाव आवश्यक भएको बताएकी छन् । 

राधेश्याम जोन्छे प्रतिष्ठानको पाँचौँ वार्षिक साधारणसभाको भक्तपुरमा उद्घाटन गर्दै मन्त्री बस्नेतले अब हुने दुवै चुनाव सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताइन् । 

प्रदेश तथा केन्द्रको चुनावमा नेपाली काँगे्रसको जित सुनिश्चित पार्नका लागि विगतका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्न कार्यकर्तालाई मन्त्री बस्नेतले आग्रह गरीन् । कार्यक्रममा मन्त्री बस्नेतले राधेश्याम जोन्छेलाई शहीद घोषणा गर्नका लागि पहल गर्ने बताएकी छन् । 

कार्यक्रममा सभासद् मनमोहन भट्टराईले प्रजातन्त्रको पहरेदार काँग्रेसमात्रै भएकाले काँग्रेस कार्यकर्ताले विगतका घातअन्तर्घातका विषय छाडेर एकढिक्का भई अगाडि बढ्नुपर्ने बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ