arrow

रातु नदीको पुल पाँच दिनका लागि बन्द

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
pul-tardai.jpeg

महोत्तरी । पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आइतवारदेखि पाँच दिनका लागि बन्द भएको छ । 

गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएपछि पुलबाट आवातजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ । 

पुलमा बेलिब्रिज राख्ने भएपछि वैकल्पिक मार्गको रुपमा नदीको दक्षिणतर्फ डाइभर्सन बनाइएको छ । त्यस्तै वर्षात्मा डाइभर्सन बगाएको खण्डमा ढल्केवर–जनकपुर–जलेश्वर–औरही– बर्दिवासको सडक प्रयोग गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ