arrow

पुसभित्र मेलम्ची खानेपानी राजधानी आउने

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
Melamchiko-pani.jpg.jpeg

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन् । 

काठमाडौंमा भएको एक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ‘मधेशी जनताको भावना बुझ्ने पार्टी काँग्रेस भएकाले’ काँग्रेसले धेरै तहमा निर्वाचन जित्ने बताएका छन् । “काँग्रेसले तराईमा राम्रा व्यक्तिलाई टिकट दिएको छ, १०६ स्थानमा जित हासिल गर्छौं ।” उनले १३६ स्थानीय तहमध्ये ११५ स्थानीय तहको उम्मेदवार टुंगिसकेकाले अरु उम्मेदवार पनि आजै टुंगो लगाइने बताए । 

खानेपानी तथा सरसफाइमन्त्री यादवले आगामी पुसभित्र मेलम्ची खानेपानी राजधानीभित्र आइसक्ने बताए । उनले मेलम्चीको सुरुङ खन्ने काम २७.५ किमीमध्ये १.८ किलोमिटर बाँकी रहेको जानकारी पनि दिए । 
नेकपा (एमाले)का नेता सोमप्रसाद पाण्डेयले स्थानीय तहको दुई चरणमा भएको निर्वाचनमा पहिलो पार्टी एमाले भएजस्तै तेस्रो चरणको निर्वाचनमा पनि पार्टीले बहुमत हासिल गर्ने बताए । उनले एमालेले मुलुकको हितमा काम गर्ने जुनसुकै दलसँग पनि तालमेल गर्ने स्पष्ट पारे । फरक प्रसंगमा पूर्व उद्योगमन्त्री पाण्डेयले सरकारकै मिलोमतोमा सुन कारोबार भइरहेको आरोपसमेत लगाएका छन् । 

नेकपा (माओवादी केन्द्र)का नेता अमललाल मोदीले तराईका अधिकांश स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुने बताए । उनले आफ्नो राम्रो भएको क्षेत्रमा एक्लै लड्ने र नभएको स्थानमा नेपाली काँग्रेस र मधेशी दलसँग सहकार्य गरिने स्पष्ट पारे । 

राजपाका नेता केशव झाले प्रदेश नं २ मधेशी दलको क्षेत्र भएकाले ९० स्थानमा राजपाले जित हासिल गर्ने जिकिर गरे । उनले स्थानीय नेताको आवश्यकतानुसार काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रसँग सहकार्य हुने जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ