arrow

रोहिङ्गामा ज्यादती भएको छैनः-सुकी

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
suki.jpg.jpeg

यांगुन । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण यहाँको अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका नागरिकमाथि ज्यादती बढेको अधिकारवादीहरुको आरोप छ । 

उनीहरुले उक्त अल्पसंख्यक जातिको मानवअधिकार हनन् भएकोले त्यसो नगर्न र उनीहरुलाई पनि आफ्नो समुदायमा सुरक्षित हिसाबमा बस्न दिन विश्वका मानवअधिकारवादीहरुले आग्रह गरेका हुन् । 

उक्त हिंसाका कारण यहाँबाट दशौँ हजार जना शरणार्थी छिमेकमा पर्ने देश बङ्गलादेश पुगेका छन् । सो देशमा म्यानमारबाट दैनिक हजारौँजसो नागरिक बाहिरिएको तथ्यांक हालैमात्र संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको थियो । 
म्यानमारमा गत अगस्तबाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा त्यस समुदायका ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । 

तर उक्त समुदायका नागरिकमाथि सुरक्षाकर्मीहरुले पनि ज्यादति गरेको गुनासो बढिरहेका बेला विश्वमा अधिकारवादीहरुले चासो राखेका हुन् । उनीहरुको घर बस्तीमा आगो लगाइएको र कुटपिट गरिएको भन्दै सुरक्षाका लागि अधिकारवादीहरुले चासो व्यक्त गरेका छन् । 

उनीहरुले म्यानमारको अल्पसंख्यक उक्त रोहिङ्गा मुस्लिममाथि पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वमा प्रहरीको ज्यादती भएको पाइएको जनाएका छन् । यस कारण उनीहरु पनि बङ्गलादेश छिर्ने सीमामा बसेका छन् । अधिकारवादीहरुले उनीहरुको बस्ती जलाइएको र कतिपय अवस्थामा उनीहरुलाई घरबाट परिवारसहित लखेटिएको पाइएको उनीहरुको आरोप छ । 

संयुक्त राष्ट्रसंघले दिएको जानकारी अनुसार गत अगस्त २५ बाट सोमबारसम्म बङ्गलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको सङ्ख्या करिब ९२ हजार पुगेको थियो । यो क्रम अहिले पनि जारी रहेको उनीहरुको भनाई छ । म्यानमारको राखिन राज्यमा पछिल्लो समय जाती र धर्मका कारण हिंसा भड्किदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रम पनि बढेको हो । 

यसैबीच म्यानमारका बिदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि सैनिक ज्यादती नभएको बताएकी छिन् । उनले त्यस समुदायका नागरिकका बस्तीमा आगजनी गरिएको भन्नेजस्ता समाचारहरु आएकोमा त्यसको खण्डन गगरेकी छन् । उनले यस्तो कुनै दुव्र्यबहार उनीहरुमाथि नभएको पनि स्पष्ट गरिन् ।  समाचारहरु आतङ्ककारीलाई सहयोग पुग्नेगरी आएका गुनासोगर्दै त्यस्तो कुनैपनि ज्यादतीको समाचार आफूले थाहा नपाएको पनि स्पष्ट गरेको प्राप्त समाचारमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ