arrow

नेविसंघ र तरुणदल ११ स्थानीय तहमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ भदौ २२ बिहिबार
nsu_and_tarun.png

वालिङ ।  नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल स्याङ्जाका ११ ओटा स्थानीय तहमा गठन हुने क्रमलाई तिब्रता दिएको छ । ५ नगरपालिका र ६ गाँउपालिका रहेको स्याङ्जामा नेविसंघ र तरुणदलले नगर र गाँउपालिका स्तरीय समिति गठनलाई तिब्रता दिएको हो ।

तरुणदलको केन्द्रिय परिपत्र अनुसार जिल्लाका ११ ओटा स्थानीयतहमा समिति गठन गरिएको तरुणदल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लले बताए । नेपाल तरुणदललाई ११ स्थानीयतहमा तदर्थ समिति गठन मात्रै होइन तरुणदल स्याङ्जाका अध्यक्ष मल्लले भने,“तरुणदललाई जिल्लाका ९७ वडामा पुर्‍याउने लक्ष्यका साथ अगाडी बढाइएको छ ।” अहिले सम्म ७ ओटा स्थानीय तहमा समिति गठन प्रक्रिया सकिएको र बाँकी तहमा २५ गते सम्म सम्पन्न गर्नेछौं उनले भने ।
 
अध्यक्ष खाँणका अनुसार पुतलीबजार नगरपालिकामा गणेशविक्रम शाहाको अध्यक्षतामा २१ सदस्य, आशिषप्रताप खाँणको अध्यक्षतामा ३३ सदस्य, भीरकोट नगरपालिकामा राजकुमार गुरुङ्को अध्यक्षतामा २६ सदस्य, फेदीखोला गाँउपालिकामा स्वागत रानाभाटको अध्यक्षतामा १९ सदस्य, आँधीखोला गाँउपालिकामा चन्द्रबहादुर गुरुङ्(बावु) को अध्यक्षतामा २१ सदस्य, अर्जुनचौपारी गाँउपालिकामा तेजबहादुर रोकाको अध्यक्षतामा १७ सदस्य,विरुवा गाँउपालिकामा अनिल रानाको अध्यक्षतामा १९ सदस्य समिति गठन भएको बताए । चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाँउपालिका र हरीनास गाँउपालिकामा भने समिति गठन प्रक्रिया अगाडी बढिरहेको अध्यक्ष खाँणले भने ।
 
हरेक स्थानीय तहमा गठन भएका तरुणदल समितिले वडा कार्य समिति पनि निर्माण गर्ने तरुणदल स्याङ्जाले जनाएको छ । तरुणदल पाटीको खम्वा हो अध्यक्ष मल्लले भने,“काँग्रेसलाई बलियो बनाउने अभियानमा स्याङ्जा तरुणदल लाग्ने छ ।”पार्टी र संगठनलाई कमजोर पार्ने खेलमा नलाग्न सबै सगँ अध्यक्ष मल्ले आग्रह गरे । हरेक स्थानीय तहसगै वडामा तरुणदल गठन भएसगै आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा दुई क्षेत्र र ४ प्रदेशका लागि काँग्रेस बिजयी हुने विश्वास व्यक्त गरिएको छ ।

यता नेपाल विद्यार्थी संघले पनि जिल्लाका ११ ओटा स्थानीय तहसँगै हरेक क्याम्पस र विद्यालयमा समिति गठनलाई तिब्रता दिएको छ । नेपाल विद्यार्थी सघं जिल्ला कार्यसमितिको निर्णय अनुसार नेपाल विद्यार्थी संघंले तीन महिने संगठन विस्तार कार्यक्रमलाई तिव्रता दिएको छ । संगठन विस्तारको क्रम चापाकोट नगरपालीकावाट सुरु भएको नविसघं स्याङजाले जनाएको छ । नेपाल विद्यार्थी संघले स्याङ्जाको चापाकोट नगरपालिका स्थित राधादामोदर माविमा नेवि सघं ईकाई समिति गठन गरेको छ ।

संगठन विस्तारको क्रममा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीले नेपाल विद्यार्थी संगठन पुरानो र देशको ठूलो पार्टीको भातृ संगठन भएको बताउदै विद्यार्थीको हक हितमा लाग्ने संगठन  नेवि सघं नै भएको बताए । हरेक स्थानीयतहमा नेविसंघ गठन प्रक्रिया अगाडी बढाएका छौं अध्यक्ष क्षेत्रीले भने,“काँग्रेस पाटीको उत्पादन गर्ने कार्य नेविसंघबाटै हुने भएकाले यो अभियान ल्याएका हौं ।”

नेविसंघ गठन सगै विद्यार्थीका हकहित र अधिकारका बारेमा पनि अन्तरक्रिया गर्दै अगाडी बढ्ने छौं क्षेत्रीले भने । कार्यक्रममा नेपाल विद्यार्थी संघ स्याङ्जा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धनराज पौडेल, नेपाल विद्यार्थी संघ चापाकोट नगर सभापति महेस डोटेल, नेपाल विद्यार्थी संघका जिल्ला सदस्य भूवन भण्डारी, लगायतले नेविसंघको उर्जाशिललाई सधै जोगाई राख्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ