- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बलिउड अभिनेता सनी देवल डेढ बर्षपछि ठुलो पर्दामा देखिएका छन् । उनको चलचित्र 'पोस्टर ब्वाइज' शुक्रवार रिलीज हुदैछ । श्रेयस तलपडेको निर्देशनमा बनेको चलचित्रको प्रमोशनल कार्यक्रममा सनीले चलचित्र 'डर' को क्रममा उनि निर्देशन यश चोपडा र अभिनेता शाहरुख खानसँग रिसाएको बताएका छन् ।
कारण चाहि चलचित्रमा शाहरुखलाई हाईलाइट गर्नु रहेछ । सनी देवल सो समय भिलेनको भुमिकामा रहेका शाहरुखलाई हाइलाइट गरेको देखेर छक्क परेका थिए । यसै कारण सनीले शाहरुख र यश चोपडासँग पुन : चलचित्रमा काम गरेनन् । चलचित्र 'डर' लाई यश चोपडाले निर्देशन गरेका थिए साथै चलचित्रमा सनी र शाहरुख लगायत जूही चावलाको मुख्य भुमिका रहेको थियो ।
सन् २००१ फिल्मफेयर म्याग्जिनमा दिएको अन्तर्वार्तामा सनीले 'डर' को निर्माण उनको जिन्दगी सबैभन्दा झुर अनुभव भएको बताएका थिए ।