arrow

ओलीको गैरजिम्मेवार बोलीः ‘माधव नेपाल उत्तर कोरिया गएकोबारे पार्टी जवाफदेही छैन’ 

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
Oli-nepal-birthday-celebrate-4-650x477.jpg.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विवादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। 

पार्टीको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्। 

पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो भन्ने प्रश्नमा ओलीले ‘माधव नेपालजी उत्तर कोरिया जानुभो । त्यो उहाँको व्यक्तिगत भ्रमण हो । त्यसमा पार्टी जवाफदेही नहुने’ बताए।

यस्तै तपाई कहीं न कहीं घोचपेचजन्य र अरूलाई कटाक्ष गर्नुहुन्छ, त्यस्तो अभिव्यक्ति नगरे हुँदैन ? भन्ने प्रश्नमा उनले ‘घोचपोचको कुरा कहाँबाट आयो ? जस्तो  हालसालै शेरबहादुरजीले दिल्लीमा बेमतलबको गीत गाउनुभयो । उहाँले त्यो केको लागि भन्नुभयो ? नेपालको संसद्को फैसलाको, नेपालको आन्तरिक मामलाको कुरो किन त्यहाँ भन्नुभयो ? आफूलाई निर्वाचित गरेको आफ्नो संसद्बारे रोनाधोना गर्ने ठाउँ दिल्ली थिएन । त्यसमा अलिकति राम्रो भएन भन्दा घोचपेच भो । चित्त दुख्यो । नेपालको चित्त दुख्छ कि दुख्दैन, उहाँले ख्याल गर्नुपर्छ कि पर्दैन ? उहाँले कसलाई सोधेर बोल्नुभयो ? सोध्नुपर्दैन, तर ठीकचाहिँ बोल्नुपर्छ । आचारसंहिता बनाऔं रे, संहिता लेखिरहनुपर्छ, बनाइरहनुपर्छ ? पदीय जिम्मेवारीअनुसारको अनुशासन हुन्छ । मध्यकालीन जमानामा शास्त्रमा लेखेपछि प्रमाण हुन्थ्यो ।’ सत्यता पुष्टिको लागि शास्त्रलाई मान्ने प्रचलन थियो । आन्तरिक कुरा विदेशमा गएर गर्नुहुन्न भनेर कहाँ लेखिएको छ रु हाम्रो संसद्को विरोध विदेशमा गएर गर्नु हुन्न भनेर कहाँ लेखिएको छ रु राष्ट्रिय गौरव र प्रतिष्ठाको विरुद्धमा बोल्नुहुन्न भनेर कहाँ लेखिएको छ ?’ भने ।


तपाईं भारतमा जाँदा राम्रो आतिथ्यता भयो, तर संयुक्त विज्ञप्ति जारी भएन । के कारणले होला ? भन्ने प्रश्नमा ओलीले ‘ एउटा सन्दर्भमा मात्र संयुक्त विज्ञप्ति आवश्यक हुन्छ । दुई देशबीच सम्झौता भए तर सम्झौताको तहमा पुर्‍याउन सकिएन । काम गर्ने एक खालको सैद्धान्तिक, एक खालको मौखिक सहमति भएको छ र हामी दुवै प्रतिबद्ध छौं । यस्ता कुरा ‘रिफ्लेक्ट’ हुने गरी त्यस्तो विज्ञप्ति जारी गरिन्छ । मोदीजी र मैले संयुक्त प्रेस सम्मलेन गर्‍यौं । मोदीजीले भन्ने कुरा उहाँले भन्नुभयो, मेरा कुरा मैले भनें । सम्झौता जे भए, दुनियाँ र प्रेसका अगाडि भए । त्यसभन्दा अरू बताउनुपर्ने कुरा वा संयुक्त विज्ञप्तिमा भनिने कुरा केही बाँकी थिएन ।’ भने ।

अब एमाले सत्तामा जान लागेको हो ? भन्ने प्रश्नमा ओलीले भने, ‘असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ । १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा नेकपा एमाले बहुमतमा आउँछ । सातैवटा प्रदेशमा एमालेले प्रदेश सरकार बनाउँछ । संघीय सरकार पनि नेकपा एमालेले बहुमतका साथ बनाउँछ । अब एमाले नगएर सरकारमा को जान्छ ?’ (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ