arrow

‘पाल्पामा माओवादी पहिलो पार्टी’

logo
रामचन्द्र रायमाझी ,
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
barshaman-pun-news-pokhara.jpeg

पाल्पा । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले गठवन्धन सरकारको पहिलो जिम्मेवारी आगामी मंसिरमा हुने प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनमा लैजानु रहेको बताएका छन् । दायाँ बायाँ कुनै कुरा नसोची गठवन्धन सरकार निर्वाचन केन्द्रित भएको नेता पुनले बताए । प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न नभए सम्म काग्रेस र माओवादी गठवन्धनको सरकार कायम रहने उनले बताए । 

विभिन्न संचार माध्यममा सरकार परिवतर्नका विषयमा आएका कुराहरु निराधार हुन, सरकार परिवर्तन हुदा मंसिरमा घोषणा भएको निर्वाचन अनिश्चित भई संविधान नै असफल हुने भएकोले बर्तमान सरकार कुनै पनि हालतमा परिवर्तनको संभावना नभएको माओवादी नेता पुनले बताए । 
प्रेस सेन्टर नेपाल पाल्पा शाखाले  शुक्रवार तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता पुनले आगामी निर्वाचनमा अन्य दलसंग तालमेल नगरी आफ्नो पार्टी निर्वाचन लड्ने तयारी पार्टीले गर्दै आएको बताए । 

पहिलो संविधान सभाको निर्वाचनमा पहिलो पार्टी भएको तर त्यसपछिका निर्वाचनमा आफ्नो पार्टी भित्र धेरै कमिकमजोरी भएकाले निर्वाचनमा अपेक्षीत नतिजा नआएको हुदा अब आगामी निर्वाचन पहिलो शक्तीको रुपमा एमाओवादी केन्द्रलाई उभ्याउन पार्टी अध्यक्ष देखी तल्लो तहका कार्यकर्ता सम्म सक्रिय भएको माओवादी नेता पुनले बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा संविधान संसोधनको विषयमा बोलेका विषयबस्तु समय सान्दर्भिक नभएको नेता पुनले बताए। प्रदेश नं. २ मा असोज २ गते हुने निर्वाचनमा माओवादी पहिलो हुने गरी निर्वाचनमा केन्द्रित भएको नेता पुनको भनाइ थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ