arrow

काठमाडौंको फोहोर उठ्ने भो : ३ वर्षको सम्झौता, १२ वर्षसम्म फोहोर फालियो

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
fohar.jpeg

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आइतबारबाट उठ्ने भएको छ । काठमाडौं महानगरको फोहोर फालिँदै आएको नुवाकोट ओखरपौवाका बासिन्दाले अनिश्चितकालीन बन्दको घोषणा गरेपछि एक सातादेखि फोहोर उठ्न सकेको थिएन ।

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले शनिबार ओखरपौवामै पुगेर नयाँ समझदारी गरेपछि आइतबारबाट फोहोर उठ्ने निश्चत भएको महानगरकी उपप्रमुख हरिप्रभा खड्कीले जानकारी दिइन् ।

उनले भनेकि छन्, ‘उहाँहरुले आफुहरुको स्वास्थ्य जोखिममा रहेको उल्लेख गर्दै वभिन्न ४ बुँदे माग राख्नु भएको छ । अबै भन्दा दुःख लाग्दो कुरा के भने ? तीन वर्षका लागि फोहर फाल्ने सम्झौता गरेर १२ वर्षसम्म निरन्तर फोहर फालिरहनुले उहाँहरुलाई कति जोखिम भयो होला ? म आफै आश्चर्यमा परे ।’

उनले यो विषयमा सरकारसँगै कुरा गर्नु पर्ने अवस्था आएको बताइन् । सरकारसँग कुरा गर्नु पर्ने भएको छ, उपप्रमुख खड्कीले भनिन्, ‘१२ वर्षसम्म उहाँहरु कसरी बस्नु भयो होला । पहिलो पटक जनप्रतिनिधि पुगेको देखेर उहाँहरुले १० दिनको समय दिन्छौँ भन्नु भयो ।’ १० दिनमा समस्या समाधान भएन भने फेरि अर्को समस्या आउने छ ।

महानगरका एक अधिकारीले शनिबार आंशिक रुपमा फोहोर उठेको र आइतबारबाट न्यूरोड, पुतलीसडकलगायत सबै क्षेत्रको फोहर उठ्ने बताएका छन् । फोहोर फाल्ने ठाउँमा आवासका लागि दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका थिए । ओखरपौवाका स्थानीयले फोहोर फाल्न नदिएपछि काठमाडौंका सडकमा फोहोर थुप्रिएको छ ।  

फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका बढी प्रभावितलाई प्रतिस्क्वायर मिटर वाषिर्क ५० रुपैयाँ दिँदै आएकामा यो आर्थिक वर्षदेखि घटाएकाले विरोध गरेको स्थानीयले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ